वैदेशिक रोजगारमा ठगिएकाले पाएनन् न्याय

thagi-news

 

 

 

विराटनगर  विराटनगर–१८ का ३१ वर्षीय सुरेश यादवले वैदेशिक रोजगारको क्रममा आफू ठगिएको बताएका छन् । आकर्षक तलब र सेवा सुविधाको लोभमा एजेन्टबाट उनी ठगिन पुगेका हुन् ।

एक वर्षअगाडि मासिक १५ सय दिरहाम हुने भएपछि उनले दुबई जानको लागि १ लाख ५० हजार रुपैयाँ काठमाडौंका एजेन्ट विप्लव लामालाई बुझाए । रकम बुझाएपछि उनी सुपर मार्केटमा कामको लागि दुबई एक वर्षअगाडि पुगेका थिए । दुबई पुगे पनि उनलाई लिन कम्पनी नआएको सुरेशले बताए । ‘दुबईमा पुगेपछि एउटा कोठामा लगेर राख्यो । कम्पनीको मान्छे भन्दै एक जना आएर पासपोर्ट पनि लिएर गयो ।

त्यसपछि त्यो मान्छे आएन’ उनले भने, ‘सात महिनासम्म बन्द कोठामा थुनिएपछि विभिन्न सङ्घ–संस्थाले पहल गरी नेपाली दुतावासको सहयोगमा स्वदेश फर्किएँ ।’ सुन्दर सपना बोकेर रोजगारीका लागि गएका यादव उल्टै ऋणको बोझमा परेका छन् । परिवारले १ लाख भन्दा बढी पठाएपछि मात्र आफू स्वदेश फर्कन पाएको उनले बताए ।

वैदेशिक रोजगारीमा ठगिएकाहरूलाई निःशुल्क कानूनी सहायता प्रदान गर्दै आएको पिपुल फोरमले विराटनगरमा सोमबार आयोजना गरेको कार्यक्रममा रोजगारीको क्रममा ठगिएको गुनासो सुनाउने सुरेशमात्र एक्ला युवा होइनन् । मोरङको जहदाका ३२ वर्षीय सुरेन्द्र यादवको पीडा पनि सुरेशको जस्तै छ । उनी पनि रोजगारीको लागि दुबई सुरेशसँगै गएका थिए । उनी पनि बन्द कोठामा सात महिनासम्म बसेपछि स्वदेश फर्किएका छन् ।

अहिले दुवै युवाले वैदेशिक रोजगारको लागि आफूहरू ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा जाहेरी दिएका छन् । ‘विदेश पठाए पनि रोजगारमा नलगाएपछि पैसा फिर्ता माग्दा एजेन्टले विभिन्न धाकधम्की दिए, भौतिक, सामाजिक रूपमा पनि असुरक्षित भयौं’ सरेन्द्रले भने, ‘वैदेशिक रोजगार विभाग, जिल्ला प्रशासन कार्यालय मोरङमा धाउँदा पनि अझै न्याय पाएका छैनौं ।’ वैदेशिक रोजगारको क्रममा ठगिएका युवाहरूले विभिन्न निकायमा जाँदा पनि न्याय पाउन ढिलो भएको उनीहरूको गुनासो छ ।

मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ । एकै व्यक्तिबाट धेरै जना ठगिएका उजुरी आउने क्रम बढेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । रोजगारको क्रममा ठगिएको उजुरी आए वैदेशिक रोजगार ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरेर कारबाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

कार्यक्रममा पिपुल फोरमका सल्लाहकार तथा अधिवक्ता सोमप्रसाद लुइँटेलले कोभिड–१९ का कारण रोजगारी गुमाई वा तलब सुविधा नपाई स्वदेश फर्केका आप्रवासी कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट क्षतिपूर्ति प्रदान गरिदिनुपर्ने बताए । पिपुल फोरमले वैदेशिक रोजगार पीडितलाई २०७८ असार मसान्तसम्म २३ हजार ७ सय ४२ जनालाई निःशुल्क कानूनी सहायता प्रदान गरेको छ ।

निःशुल्क कानूनी सहायतामार्फत् कामदार र उनीहरूका परिवारले ९५ करोड ३२ लाख ४५ हजार ४ सय ४४ रुपैयाँ क्षतिपूर्ति पाएको पिपुल फोरमले जनाएको छ । कोभिड–१९ पछि वैदेशिक रोजगारको क्रममा अलपत्र परेका विभिन्न ८ वटा खाडी मुलकबाट ५ लाख ७२ हजार ५ सय ७१ जना स्वदेश फर्किएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको अभिलेखमा देखिन्छ । सबैभन्दा बढी युएईबाट अलपत्र भएर स्वदेश फर्किएका बढी छन् । युएईबाट १ लाख ६० हजार ४ सय ७० जना स्वदेश फर्किएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।