वैदेशिक रोजगारमा ठगिएकाले पाएनन् न्याय

 

 

 

विराटनगर  विराटनगर–१८ का ३१ वर्षीय सुरेश यादवले वैदेशिक रोजगारको क्रममा आफू ठगिएको बताएका छन् । आकर्षक तलब र सेवा सुविधाको लोभमा एजेन्टबाट उनी ठगिन पुगेका हुन् ।

एक वर्षअगाडि मासिक १५ सय दिरहाम हुने भएपछि उनले दुबई जानको लागि १ लाख ५० हजार रुपैयाँ काठमाडौंका एजेन्ट विप्लव लामालाई बुझाए । रकम बुझाएपछि उनी सुपर मार्केटमा कामको लागि दुबई एक वर्षअगाडि पुगेका थिए । दुबई पुगे पनि उनलाई लिन कम्पनी नआएको सुरेशले बताए । ‘दुबईमा पुगेपछि एउटा कोठामा लगेर राख्यो । कम्पनीको मान्छे भन्दै एक जना आएर पासपोर्ट पनि लिएर गयो ।

त्यसपछि त्यो मान्छे आएन’ उनले भने, ‘सात महिनासम्म बन्द कोठामा थुनिएपछि विभिन्न सङ्घ–संस्थाले पहल गरी नेपाली दुतावासको सहयोगमा स्वदेश फर्किएँ ।’ सुन्दर सपना बोकेर रोजगारीका लागि गएका यादव उल्टै ऋणको बोझमा परेका छन् । परिवारले १ लाख भन्दा बढी पठाएपछि मात्र आफू स्वदेश फर्कन पाएको उनले बताए ।

वैदेशिक रोजगारीमा ठगिएकाहरूलाई निःशुल्क कानूनी सहायता प्रदान गर्दै आएको पिपुल फोरमले विराटनगरमा सोमबार आयोजना गरेको कार्यक्रममा रोजगारीको क्रममा ठगिएको गुनासो सुनाउने सुरेशमात्र एक्ला युवा होइनन् । मोरङको जहदाका ३२ वर्षीय सुरेन्द्र यादवको पीडा पनि सुरेशको जस्तै छ । उनी पनि रोजगारीको लागि दुबई सुरेशसँगै गएका थिए । उनी पनि बन्द कोठामा सात महिनासम्म बसेपछि स्वदेश फर्किएका छन् ।

अहिले दुवै युवाले वैदेशिक रोजगारको लागि आफूहरू ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा जाहेरी दिएका छन् । ‘विदेश पठाए पनि रोजगारमा नलगाएपछि पैसा फिर्ता माग्दा एजेन्टले विभिन्न धाकधम्की दिए, भौतिक, सामाजिक रूपमा पनि असुरक्षित भयौं’ सरेन्द्रले भने, ‘वैदेशिक रोजगार विभाग, जिल्ला प्रशासन कार्यालय मोरङमा धाउँदा पनि अझै न्याय पाएका छैनौं ।’ वैदेशिक रोजगारको क्रममा ठगिएका युवाहरूले विभिन्न निकायमा जाँदा पनि न्याय पाउन ढिलो भएको उनीहरूको गुनासो छ ।

मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ । एकै व्यक्तिबाट धेरै जना ठगिएका उजुरी आउने क्रम बढेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । रोजगारको क्रममा ठगिएको उजुरी आए वैदेशिक रोजगार ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरेर कारबाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

कार्यक्रममा पिपुल फोरमका सल्लाहकार तथा अधिवक्ता सोमप्रसाद लुइँटेलले कोभिड–१९ का कारण रोजगारी गुमाई वा तलब सुविधा नपाई स्वदेश फर्केका आप्रवासी कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट क्षतिपूर्ति प्रदान गरिदिनुपर्ने बताए । पिपुल फोरमले वैदेशिक रोजगार पीडितलाई २०७८ असार मसान्तसम्म २३ हजार ७ सय ४२ जनालाई निःशुल्क कानूनी सहायता प्रदान गरेको छ ।

निःशुल्क कानूनी सहायतामार्फत् कामदार र उनीहरूका परिवारले ९५ करोड ३२ लाख ४५ हजार ४ सय ४४ रुपैयाँ क्षतिपूर्ति पाएको पिपुल फोरमले जनाएको छ । कोभिड–१९ पछि वैदेशिक रोजगारको क्रममा अलपत्र परेका विभिन्न ८ वटा खाडी मुलकबाट ५ लाख ७२ हजार ५ सय ७१ जना स्वदेश फर्किएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको अभिलेखमा देखिन्छ । सबैभन्दा बढी युएईबाट अलपत्र भएर स्वदेश फर्किएका बढी छन् । युएईबाट १ लाख ६० हजार ४ सय ७० जना स्वदेश फर्किएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच