दमक, २३ साउन | झापाको दमक नगरपालिका–४ चियादोकानस्थित एक घरबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार गएराति करिब १० बजे गोप्य सूचनाको आधारमा चियादोकानमा बस्ने पासाङ तामाङको घरमा छापा मारिएको हो।
घरको कोठामा तलासी गर्दा प्लास्टिकसहित ११ ग्राम ३९० मिलिग्राम तथा प्लास्टिक बाहेक ३ ग्राम ३२० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा —
१) ज्योती राई तामाङ (उर्फ सितल), २६ वर्ष, दमक–४ चियादोकान, पासाङ तामाङकी पत्नी
२)सञ्जीव लिम्बु, २७ वर्ष, कमल गाउँपालिका–५ पाथिभरा टोल
३) वसन्त राई, बसोबास: कमल गाउँपालिका
४. सन्दीप धिमाल, बसोबास: कमल गाउँपालिका–४
पक्राउ परेका चारै जनामाथि इलाका प्रहरी कार्यालय दमकमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










