प्रहरीद्धारा भारतको राजधानी नयाँ दिल्लीबाट ४० नेपाली महिलालाई उद्धार

काठमाडौं,२३ साउन ।अवैध रूपमा भारत हुँदै घरेलु कामदारको रुपमा तेस्रो मुलुक जान लागेका ४० नेपाली महिलालाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट उद्धार गरेको बताएको छ।

 

घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान, दुबई लगायतका खाडी मुलुकमा जान लागेका उनीहरूलाई दिल्लीबाट उद्धार गरेर काठमाडौँ फर्काइएको हो।

 

उनीहररु गैरकानूनी रूपमा दिल्ली पुगेको थाहा पाएपछि नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इण्डिया’ले बुधबार राति उद्धार गरेको थियो।

दूतावासले समन्वय गरेर महिपालपुरका विभिन्न होटलहरूबाट ६३ जना नेपाली महिलालाई निकालेको थियो। त्यसमध्ये २३ जना आवश्यक कागजात पूरा गरेर युरोपका विभिन्न देश जाने तयारीमा रहेको पाइएको दूतावासले जनाएको छ। उनीहरूलाई भने छाडिएको दूतावासका अधिकारीहरूले जनाएका छन्।

नेपाल फर्काइएका ४० मध्ये ३१ जना कुवेत, ४ जना ओमन, ४ जना दुबई र १ जना साउदी जाने तयारीमा थिए। उनीहरूलाई नेपालका २४ जिल्लाका विभिन्न स्थानबाट दलालहरूले दिल्ली पु¥याइएको खुलेको छ।

यसअघि साउन ८ गते पनि ४७ जना नेपाली महिला दिल्लीबाट नेपाल फर्काइएका थिए। उनीहरू भिजिट भिसामा कुवेत जाने तयारीमा थिए। उनीहरू दलाललाई मोटो रकम बुझाएर भिजिट भिसामा कुवेत जान लागेका अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरले टस जितेर बलिङ रोज्यो

काठमाडौं ,१० कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय

प्रधानमन्त्री पछि अर्थमन्त्री पनि विवादमा

काठमाडौँ,१० कार्तीक । प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवादसम्बन्धी अभिव्यक्तिले निम्त्याएको विवाद हालसम्म पनि कायम छ । उक्त अभिव्यक्तिलाई विपक्षी दलहरुले राष्ट्रियता विरोधी अभिव्यक्ति भन्दै

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३