सप्तरी, २३ साउन । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३ कटैयामा आज बिहान करेन्ट लागेर ४२ वर्षीय शम्भुकुमार इसरको ज्यान गएको प्रहरीले जनाएको छ ।
इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा नाङ्गो तारमा छुँदा करेन्ट लागेर किसान इसरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।










