एमालेको एजेन्डा

केपी ओली विनाको एमाले असम्भवः एमाले नेता ढकाल

महाधिवेशनमा प्रतिष्पर्धा गर्न योग्य सबैलाई अधिकार भए पनि पार्टी विधान विपरित हल्ला गर्नु गलत र गैरजिम्मेवार भएको टिप्पणी

धनगढी,  २३ साउन | नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख केपी शर्मा ओली विनाको एमाले कल्पना पनि गर्न नसकिने बताउनु भएको छ ।

 

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार कञ्चनपुरमा सम्बोधन गर्दै प्रमुख ढकालले एमालेले आफूलाई देशको प्रमुख शक्तिका रुपमा ओलीकै कार्यकालमा स्थापित गरेकाले केहि समयका लागि ओली बिनाको एमालेको कल्पना कसैले नगर्न आग्रह गर्नुभयो ।

 

जनताको बहुदलयि जनवाद अनुसार तीनै तहका सरकारलाई लोककल्याणकारी बनाउन र समेद्ध नेपाल सुखी नेपालीको दिर्घकालीन लक्ष्यलाई पुरा गर्न एक पटक ओलीका नेतृत्व एमालेका लागि अपरिहार्य भएको उल्लेख गर्नु भएका नेता ढकालले भन्नुभयो, ‘केपी ओली बिनाको एमाले बनाउँ भन्न पाइन्छ, म बन्छु, ओली भन्दा राम्रो चलाउँछु भन्न पनि पाइन्छ, तर भन्ने कुरा ठाउँमा भन्नु पर्छ, कुठाउँमा भन्नु भएन ।

 

दुई कार्यकाल र ७० वर्षको उमेर हदबन्दी ओलीका लागि मात्र गरिएको होइन, सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीको सोच–बिचारपछि गरिएको निर्णय हो ।’ उहाँले महाधिवेशनमा प्रतिष्पर्धा गर्न योग्य सबैलाई अधिकार भए पनि पार्टी विधान विपरित हल्ला गर्नु गलत र गैरजिम्मेवार भएको टिप्पणी गर्नुभयो ।

 

कार्यक्रममा पोलिटब्युरो सदस्य निरुदेवी पालले केपी ओली विनाको एमाले, एमाले विनाको नेपाल र समृद्धिको कल्पना असम्भव भएको उल्लेख गरिन् । ‘यो सन्देश र समर्थनमा हरेक एमालेजन तयार छ । केन्द्रीय कमिटीको निर्णय नै विधान र महाधिवेशनको सार हो,’ पालले थपिन् ।

 

सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले पार्र्टी निर्णयलाई सबैले मान्नु पर्नेमा जोड दिँदै भने, “त्यो लेलिनवादी सिद्धान्त र जबजको मूल मर्म भएकाले हल्ला र प्रचारबाजीको पछि लाग्नु नैतिक र सिद्धान्तबिहीन चरित्र भएको टिप्पणी गरे ।
बैठकमा प्रदेशस्तरीय र जिल्ला प्रतिनिधिहरूले स्थानीय चुनौती, अवसर र आगामी गतिविधिबारे सुझाव राखेका थिए।

 

प्रेस चौतारी सुदूरपश्चिम प्रदेश अध्यक्ष नरेन्द्र कार्कीको अध्यक्षतामा भएको बैठक विभिन्न जिम्मेवारी बाँडफाँडसहित २०८२ सालभर सञ्चालन हुने अभियान बारे छलफल भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरले टस जितेर बलिङ रोज्यो

काठमाडौं ,१० कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय

प्रधानमन्त्री पछि अर्थमन्त्री पनि विवादमा

काठमाडौँ,१० कार्तीक । प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवादसम्बन्धी अभिव्यक्तिले निम्त्याएको विवाद हालसम्म पनि कायम छ । उक्त अभिव्यक्तिलाई विपक्षी दलहरुले राष्ट्रियता विरोधी अभिव्यक्ति भन्दै

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३