क्वाटी किन खाईन्छ,यसको शास्त्रीय मान्यता के छ ?

दमक,२४ साउन ।शनिबार जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने परम्परा छ ।मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंगलगायतका गेडागुडीको मिश्रण नै क्वाँटी हो ।

 

क्वाँटी विशेष गरि नेवारी परिकार हो । नेवारी भाषामा क्वाँ भनेको तातो र टी भनेको झोल हो । क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ भन्ने मान्यता छ । बर्खाको समयमा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्त्व रहेको मानिन्छ । केराउ, चना, मुगी, मास, सिमी, भटमासलगायतका गेडागुडी मिसाइ पानीमा भिजाएर टुसा निक्लिएपछि क्वाँटी तयार पारिन्छ ।

 

यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता रहेको छ ।विभिन्न थरीको गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने डाक्टरहरुको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरले टस जितेर बलिङ रोज्यो

काठमाडौं ,१० कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय

प्रधानमन्त्री पछि अर्थमन्त्री पनि विवादमा

काठमाडौँ,१० कार्तीक । प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवादसम्बन्धी अभिव्यक्तिले निम्त्याएको विवाद हालसम्म पनि कायम छ । उक्त अभिव्यक्तिलाई विपक्षी दलहरुले राष्ट्रियता विरोधी अभिव्यक्ति भन्दै

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३