सवारी दुर्घटनामा बिर्तामोडका दुई युवाको मृत्यु

दमक, २४ साउन । सुनसरीको इटहरीमा भएको सवारी दुर्घटनामा बिर्तामोडका दुई युवाको मृत्यु भएको छ । शनिबार बिहान ११;२० बजे इटहरी उप–महानगरपालिका–२० पानीपिया जंगलस्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको को २२ प २१२५ नं. को स्कुटर र इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश नं. १ –०२–००२ ख ०४५५ नं. को बस एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा स्कुटर चालक बिर्तामोड– ५ बस्ने वर्ष अन्दाजी २६ का सुजन बि.क. र पछाडि सवार बिर्तामोड ५ कै वर्ष अन्दाजी २२ का सुरज बि.क. को मृत्यु भएको प्रहरीले बताएको छ । दुवै घाइतेलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएकोमा उपचारका क्रममा १२;३० बजे दुवैको मृत्यु भएको प्रहरीले बताएको छ ।

 

 

काका भतिजा सम्बन्धमा रहेका उनीहरू चतराबाट फर्किँदै गरेको बताइएको छ । मृतकहरूको शव घोपामा रहेको र आफन्तहरू आइपुगेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनु भयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनु भयो । स्कुटर , बस र बस चालक उदयपुर बेलका ३ बस्ने २९ वर्षीय प्रेम मगरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

बिर्तामोड र मोरङको बेलवारीमा सुनचाँदीको काम गर्ने सुजन र सुरजको मृत्युले बिर्तामोडका व्यवसायीहरू शोकाकुल बनेको नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश बराइलीले बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरले टस जितेर बलिङ रोज्यो

काठमाडौं ,१० कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय

प्रधानमन्त्री पछि अर्थमन्त्री पनि विवादमा

काठमाडौँ,१० कार्तीक । प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवादसम्बन्धी अभिव्यक्तिले निम्त्याएको विवाद हालसम्म पनि कायम छ । उक्त अभिव्यक्तिलाई विपक्षी दलहरुले राष्ट्रियता विरोधी अभिव्यक्ति भन्दै

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३