राप्रपा दमक अधिबेशन

ओली नेतृत्वको सरकार भ्रष्टाचार र शोषणमा संलग्न–अध्यक्ष लिङदेन

दमक साउन २४/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा भ्रष्टाचारविरुद्ध दृढ रहेको दाबी गर्नुभएको छ। उहाँले हालसम्म पार्टीमाथि कसैले पनि भ्रष्टाचारको आरोप लगाउन नसकेको स्पष्ट पार्दै, सुशासन र जनताको पक्षमा राप्रपा सधैं सक्रिय रहने बताउनुभयो।

शनिबार दमक नगरपालिका–६ स्थित पशुपति मन्दिर सभाहलमा सम्पन्न राप्रपा दमक नगर समितिको छैटौ नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्टाचार र जनताको शोषणमा संलग्न भएको आरोप लगाउनुभयो। उहाँले आगामी चुनावमा राप्रपाले उच्च मत प्राप्त गर्ने र आमूल परिवर्तन ल्याउने वातावरण तयार भएको दाबी गर्दै दमकमा नयाँ नेतृत्व र ऊर्जा सृजना भएको घोषणा गर्नुभयो।

अधिवेशनले हेम सुवेदीको अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन गरेको छ। कार्यक्रममा पार्टीमा योगदान पु¥याएका १०२ अग्रजलाई सम्मान गरिएको थियो भने ११७ जना नयाँ सदस्यले पार्टी प्रवेश गरेका थिए।

कार्यक्रममा राप्रपा कोशी प्रदेश अध्यक्ष रामकुमार थापा, प्रदेश सचिबद्धय बाशुदेब भट्टराई,कुमार भट्टराई केन्द्रिय सदस्य एवं पर्यवेक्षक ईनु अधिकारी, केन्द्रिय सदस्य लक्ष्मीप्रसाद संग्रौला, प्रदेश संगठन विभाग प्रमुख जयबहादुर श्रेष्ठ, युवक संगठन केन्द्रिय सदस्य बिक्रम सुब्बा हरी तिवारी,झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा,सचिब कुमार थापा,प्रदेश सदस्य राजु खड्का कुमार बस्नेत, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कोशी प्रदेश संयोजक राजकुमार योङ्या, झापा क्षेत्र नं ५ का अध्यक्ष भीम पौडेल, लगायतको उपस्थिति थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरले टस जितेर बलिङ रोज्यो

काठमाडौं ,१० कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय

प्रधानमन्त्री पछि अर्थमन्त्री पनि विवादमा

काठमाडौँ,१० कार्तीक । प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवादसम्बन्धी अभिव्यक्तिले निम्त्याएको विवाद हालसम्म पनि कायम छ । उक्त अभिव्यक्तिलाई विपक्षी दलहरुले राष्ट्रियता विरोधी अभिव्यक्ति भन्दै

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३