दमकको विकास

दमक बसपार्क : भव्य संरचना, तर सामान्य वर्षामा पनि चुर्लुम्म डुबान

सामान्य वर्षातमा पनि यहाँको जमिन पोखरीमा रूपान्तरण हुन्छ। सवारी साधन भित्र पस्दा पानी छ्यापिन्छ, र व्यापारीहरूको पसलमा घुस्छ।

 

दमक, २५ साउन । दमकको मुटु मानिने बसपार्क—हेर्दा चम्किलो, भव्य, र आधुनिक देखिन्छ। फराकिलो सडक, आकर्षक प्रशासनिक भवन, सुरक्षा घेरामा राखिएका बस काउण्टर, यात्रुका लागि बनाइएका फलैंचा । देख्दा लाग्छ, यो शहरको अनुहार यही हो । तर, वर्षाको पहिलो थोपा पर्नासाथ, यो अनुहारको चमक बगाइदिन्छ ।

 

सजावटको आवरणभित्र लुकेको साँचो समस्या यहाँको सबैभन्दा कमजोर नस हो—पानी निकासको पूर्ण अभाव। सामान्य वर्षातमा पनि यहाँको जमिन पोखरीमा रूपान्तरण हुन्छ। सवारी साधन भित्र पस्दा पानी छ्यापिन्छ, र व्यापारीहरूको पसलमा घुस्छ। यस्तो दृश्य वर्षाको समयमा पटक पटक दोहोरिन्छ। स्थानीय व्यवसायी मनोज शाहकोे पसलको ढोका अघि पानीको छपछपी हुन्छ। बस र ट्रक हिँड्दा पानीका छालहरू सिधै उहाँको पसलमा घुस्छन्। पानी लगातार पर्यो भने त पसलभित्रै पानी पस्छ। फलफूल कुहिन्छ, व्यापारमा नोक्सान हुन्छ । यो समस्या त बसपार्क बनेको दिनदेखि भएको उहाँले बताउनु भयो ।

 

अर्की व्यवसायी अन्सु केसरीको पीडा पनि उस्तै छ। किराना पसल चलाउने उहाँ भन्नु हुन्छ “हामीले सरकारलाई कति घचघच्यायौं। फेसबुकमा फोटो हाल्यौं, जनप्रतिनिधीलाई ट्याग गर्‍यौं। तर कसैले वास्ता गरेन। कर त लिन्छन्, तर समस्या समाधानमा ध्यान दिदैनन । उहाँको स्वरमा आक्रोश मात्र छैन, वर्षौंको असहायपनको तीतोपन पनि मिसिएको छ।

 

 

यही बसपार्क पर्ने वडाका वार्ड अध्यक्ष टेक बहादुर थापा, जसको पालामै यो संरचना बनेको हो । उहाँलाई यहाँको समस्याको बारेमा प्रष्ट थाह छ । समस्यालाई नकार्नु हुन्न । उहाँ भन्नु हुन्छ “ अहिले सडक भत्काएर ढल निर्माणको काम भइरहेको छ। दक्षिण तर्फ निकास प्रभावकारी नभएकाले बसपार्कमा पानी जमीरहेको छ । यो सत्य हो । उहाँसग समस्याको बारेमा ज्ञान छ तर समाधान कसरी दिने कुनै योजन भने छैन । उहाँले अहिलेनै यसको निकास हुन नसक्ने र धैर्य गर्न आग्रह गर्नु भएको छ ।

 

दमक बसपार्कको यो कथा नेपालका धेरै ‘विकासका नमूना’हरूसँग मेल खान्छ—जहाँ संरचना छ, तर प्रभावकारी कार्यान्वायन छैन । व्यवस्थापनमा चुनौती छन् । अनी जनता सास्ती झेल्न बाध्य ।न डिजाइनमा पानीको निकासको ठाउँ नै छुटाइयो । फलस्वरूप, विकासका करोडौ रुपैयाँको संरचना वर्षा लाग्दा केवल जलाशयमा बदलिन्छ। शहरका प्रवेशद्वारमा यस्तो दृश्यले यात्रुलाई के सन्देश दिन्छ? ‘हाम्रो विकास फोटोमा राम्रो देखिन थाल्यो । तर भोगाइमा असुविधाधा चाङमात्रै ।

 

दमक बसपार्क अहिले सुन्दरताभन्दा बढी ‘पानीको डुबानको प्रतीक’ बन्दै गएको छ। विकासको नाममा भएको लगानीको सम्मान गर्ने हो भने, अब यो समस्या ‘धैर्य गरौं’ भनेर टार्ने होइन तत्काल समाधान गर्ने बेला आएको छ।

 

 

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दुई पुस्ताको बिचमा, हामी

आज पनि कतिपय परिवारमा बाबु र छोरा बिच सम्पर्क नभएको देख्छु । छोरीसँग सञ्चार छ तर छोरासँग छैन । त्यसैगरी साथीको एक्लो छोरो विदेशमा समय खेर फाल्दै थियो ।

गढीमाई मन्दिरको ताला फोडेर बहुमूल्य गहना चोरी

रौतहट,१३ साउन । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ । गत साउन १० गते

सरकारद्वारा ९ विधेयक संसदमा पेस गर्न स्वीकृति

काठमाडौं,१३ साउन । सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त बैंकिङ कसुरमा पक्राउ

काठमान्डौं, १३ साउन । प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई

बाघ संरक्षणसँगै द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री चौधरी

काठमाडौं ,१३ साउन । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले बाघ संरक्षणसँगै बढ्दो मानव–वन्यजन्तु द्वन्द्वको प्रभावकारी व्यवस्थापन सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनु भएको छ ।