आगोले अत्यायो

बेलडाँगीमा पार्किङ गरिएको ट्रकमा आगलागी , करिब ३६ लाखको नोक्सानी

आगलागीबाट ७ देखि ८ जना व्यापारीका रेडिमेड कपडाहरू जलेर करिब ३० लाख र ट्रकमा ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

दमक। २७ साउन ।  गएराति बेलडाँगीमा पार्किङ गरिएको मिनी ट्रकमा अचानक आगलागी हुँदा ठूलो आर्थिक क्षति भएको छ। ना ७ ख ८६९१ नम्बरको मिनी ट्रकमा लोड गरिएको रेडिमेड कपडा आगोले जलेर करिब ३६ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ।

 

 

२७ वर्षीय महेन्द्र तामाङले आफ्नै घर अगाडि सडक छेउमा पार्किङ गरेको उक्त ट्रकमा आगो लगभग १२ः४५ बजे लागेको थियो। स्थानीयवासी र दमकल विभागको सहयोगमा १ः४० बजेतिर आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

 

 

आगलागीबाट ७ देखि ८ जना व्यापारीका रेडिमेड कपडाहरू जलेर करिब ३० लाख र ट्रकमा ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।

 

 

प्रहरीका अनुसार आगलागीको कारण पहिचान गर्नका लागि थप छानबिन जारी रहेको छ। यस घटनाले स्थानीय व्यापारी र ट्रक मालिकलाई ठूलो आर्थिक धक्का पुगेको छ।

 

 

स्थानीयवासीले समेत समयमै दमकल र प्रहरी पुगेर आगो नियन्त्रणमा लिएर ठूलो दुर्घटना टरेको बताएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरबाट २० लाख मूल्यको भारतीय स्कार्पियो नियन्त्रणमा, चालक फरार

विराटनगर,१० कार्तीक । आवश्यक कागजातबिना सञ्चालन भइरहेको करिब २० लाख रुपैयाँ बराबरको एक भारतीय स्कार्पियो गाडी मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीलाई देखेपछि चालक भने

झापामा असोज महिनामै विपदबाट १० करोड बढीको क्षति

झापा ,१० कार्तीक। झापामा गत असोज महिनामा घटेका विभिन्न २२ वटा विपद्का घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। आगलागी, जङ्गली जनावरको आक्रमण

झापामा ३ लाख बढीको अवैध पटका बरामद गरी नष्ट

झापा ,१० कार्तीक। चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याउन खोजिएका रु तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका सशस्त्र प्रहरीले बरामद गरी नष्ट

विराटनगरले टस जितेर बलिङ रोज्यो

काठमाडौं ,१० कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय

प्रधानमन्त्री पछि अर्थमन्त्री पनि विवादमा

काठमाडौँ,१० कार्तीक । प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवादसम्बन्धी अभिव्यक्तिले निम्त्याएको विवाद हालसम्म पनि कायम छ । उक्त अभिव्यक्तिलाई विपक्षी दलहरुले राष्ट्रियता विरोधी अभिव्यक्ति भन्दै

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक