नमुना परियोजना

झापामा हात्तीविरोधी भावना न्यूनीकरण गर्न ५० लाख बजेट

मानव–वन्यजन्तु सहअस्तित्वको वातावरण बनाउन सहयोग पुग्ने

दमक, २७ साउन ।   कोशी प्रदेशका पाँच जिल्लामा पछिल्ला वर्षहरूमा तीव्र बन्दै गएको हात्ती–मानव द्वन्द्वले स्थानीय बस्तीमा ‘हात्तीविरोधी’ भावना चुलिँदै गएको छ।

 

 

यसै पृष्ठभूमिमा, प्रदेश सरकारले हात्तीको उपस्थितिलाई शत्रु होइन, सहअस्तित्वको दृष्टिले बुझाउन ५० लाख रुपैयाँको बीमा कार्यक्रम ल्याउने निर्णय गरेको छ।

 

 

चालु आर्थिक वर्षदेखि नमुना परियोजनाका रूपमा झापाबाट सुरु हुने यस योजनाका लागि प्रदेश सरकारले रकम झापा डिभिजन वन कार्यालयमार्फत कार्यान्वयन गर्न स्वीकृत गरिसकेको छ। कार्यक्रमको कार्यविधि तयार पार्न बिमा प्राधिकरण, कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय र सम्बन्धित निकायबीच छलफल तीव्र रूपमा भइरहेको मन्त्रालयका सचिव विशाल घिमिरेले बताउनु भयो ।

 

 

यसअघि भएको प्रारम्भिक छलफलमा बीमा प्राधिकरणले हात्तीबाट हुने मानव मृत्यु, घाइते, घर तथा अन्नको नोक्सानीको तथ्याङ्क संकलन गरिरहेको छ। अब बीमा लागु हुने पालिका, डिभिजन वन कार्यालय, बीमा प्राधिकरण र बीमा कम्पनीबीच सहमति जुटाएर रकम वितरणसम्बन्धी निर्देशिका तयार गरिनेछ।

 

 

यस कार्यक्रमले हात्तीप्रति फैलिएको नकारात्मक धारणा न्यूनीकरण गर्नुका साथै मानव–वन्यजन्तु सहअस्तित्वको वातावरण बनाउन सहयोग पुग्नेछ। झापाबाट सुरु भएको यो मोडल सफल भए, निकट भविष्यमै यसलाई प्रदेशका अन्य प्रभावित जिल्लामा विस्तार गरिने योजना छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरबाट २० लाख मूल्यको भारतीय स्कार्पियो नियन्त्रणमा, चालक फरार

विराटनगर,१० कार्तीक । आवश्यक कागजातबिना सञ्चालन भइरहेको करिब २० लाख रुपैयाँ बराबरको एक भारतीय स्कार्पियो गाडी मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीलाई देखेपछि चालक भने

झापामा असोज महिनामै विपदबाट १० करोड बढीको क्षति

झापा ,१० कार्तीक। झापामा गत असोज महिनामा घटेका विभिन्न २२ वटा विपद्का घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। आगलागी, जङ्गली जनावरको आक्रमण

झापामा ३ लाख बढीको अवैध पटका बरामद गरी नष्ट

झापा ,१० कार्तीक। चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याउन खोजिएका रु तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका सशस्त्र प्रहरीले बरामद गरी नष्ट

विराटनगरले टस जितेर बलिङ रोज्यो

काठमाडौं ,१० कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय

प्रधानमन्त्री पछि अर्थमन्त्री पनि विवादमा

काठमाडौँ,१० कार्तीक । प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवादसम्बन्धी अभिव्यक्तिले निम्त्याएको विवाद हालसम्म पनि कायम छ । उक्त अभिव्यक्तिलाई विपक्षी दलहरुले राष्ट्रियता विरोधी अभिव्यक्ति भन्दै

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक