इलाम | २८ साउन | इलामको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो पहिरोको लेदोमा परेर एक पुरुषको मृत्यु भएको छ।
प्रहरीका अनुसार करिब १२ बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै हिँडिरहेका ६० वर्षीय बिर बहादुर राईलाई (कान कम सुन्ने र अविवाहित) अचानक आएको लेदो सहितको पहिरोले पुरेको हो।
घटनापछि स्थानीयवासी र प्रहरी टोलीले खोजीकार्य गरी राईको शव फेला पारेका थिए। यो क्षेत्रमा पछिल्ला दिनमा अविरल वर्षासँगै पहिरोको जोखिम उच्च बनेको स्थानीयले बताएका छन्।
प्रहरीले वर्षायाममा हिँडडुल गर्दा सतर्क रहन सबैलाई आग्रह गरेको छ।
तस्बिर : कृतिम










