दमकमा रहेको मेची सहकारीको वित्तिय अवस्था कस्तो छ ?

दमक, २८ साउन । झापाको दमकमा मुख्य कार्यालय रहेको मेचि बहुउद्धेस्य सहकारी सस्थाले आफ्नो स्थापनाको २९ औ वार्षिक उत्सव तथा ३१ साधारणसभाको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलन गर्दैै वार्षिक प्रतिवेदन २०८२ समेत सार्वजनीक गरेको छ । सस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा सस्थाले नयाँ पाँचवटा योजना सार्वजनीक गरेको छ । जसअनुसार मेची जल उद्योग स्थापनाकालागी ३ करोड ५० लाख, मेची सकारी आवास २ योजनाकालागि ५ करोड, सहककारी विद्यालयकालागी २ करोड, जग्गा भाडमा लिएर फलफूलजन्य विरुवाको खेती गर्न २ करोड र उर्लाबारी चोकमा व्यवसायीक भवन बनाउन २ करोड बजेट प्रस्ताव गरिएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिनुभयो ।

 

पत्रकार सम्मलेनमा सार्वजनीक गरिएको प्रतिवदेन अनुसार सहकारी संस्था हालको आ.व.मा पूँजी, निक्षेप र नगद भण्डारमा उल्लेखनीय वृद्धि गर्न सफल भएको छ, तर दीर्घकालीन स्थायित्वका लागि केही क्षेत्रहरूमा सुधार आवश्यक देखिन्छ। गत वर्षको शेयर पूँजी रु ३७ करोड १८ लाख ९० हजार ४०० रहेकोमा यस वर्ष रु २ करोड ५१ लाख २६ हजार ९०० ले वृद्धि भई रु ३९ करोड ७० लाख १७ हजार ३०० पुगेको छ। कोष रकम भने अघिल्लो वर्षको रु ३४ करोड ८४ लाख ८५ हजार ७५९ बाट घटेर रु ३१ करोड ४१ लाख ९१ हजार ८८५ मा झरेको छ। बचत÷निक्षेप मा २३.४८% को वृद्धि भएको छ । अघिल्लो वर्षको रु ३ अर्ब ६ करोड ७१ लाख ३७ हजार ४३० बाट बढेर यस वर्ष रु ३ अर्ब ७८ करोड ७४ लाख ६२ हजार २५६ पुगेको छ। यसमा दीर्घकालीन बचतको हिस्सा ६४.०९% र अल्पकालीन ३५.९०% रहेको छ। संस्थाले बाह्य कर्जा न्यून गर्ने नीति अन्तर्गत स्वरोजगार कोषको रु ४ लाख १२ हजार ७४७ बाहेक सबै बाह्य कर्जा भुक्तानी गरेको छ। गत वर्षको रु ३८ करोड ३९ लाख २२ हजार ४०९ नगद तथा बैंक भण्डार यस वर्ष रु ४१ करोड ४५ लाख ७० हजार ६३५ ले बढ्दै रु ७९ करोड ८४ लाख ९३ हजार ०४४ पुगेको छ यो लगभग दोब्बर वृद्धि हो । स्थायी लगानीमा सानो वृद्धि भई रु ५ करोड ३६ लाख ५९ हजार ६०० बाट रु ५ करोड ४२ लाख ५५ हजार ४०० पुगेको छ। कर्जा लगानी ८.०६% ले बढ्दै रु ३ अर्ब २९ करोड ७३ लाख ९८ हजार १९५ बाट रु ३ अर्ब ५६ करोड ३३ लाख २ हजार ९९०.८२ पुगेको छ। स्थिर सम्पत्ति रु ९ करोड ४१ लाख ४२ हजार ६४५ बाट बढेर रु ११ करोड ५३ लाख ९१ हजार ५२७ पुगेको छ, जसमा गैह–बैंकिङ सम्पत्ति रु ४ करोड ५५ लाख ८६ हजार ११५ कायम भएको छ। सस्थाका कार्यकारी निर्देशक खोम बगालेका सस्थामा तरलता बढेको र ऋण माग्न आउने र ऋण लिएकाहरुले पनि तिर्ने प्रवृद्धि कमजोर दखिदै थालेकोले सस्था अव उत्पादनमुलक क्षेत्रमा लागेको जानकारी दिनुभयो ।

 

स्वतन्त्र रुपमा आन्तरिक लेखापरीक्षण गर्न जिम्मेवारी संस्थाले लेखापरीक्षणलाई प्रभावकारी र जवाफदेही बनाउन मान्यताप्राप्त बाह्य निकायलाई दिने गरेको छ। संस्थासँग समझौता गरे अनुसार लेखा परीक्षकले मुख्य कार्यालय र सबै सेवा कार्यालयहरुको लेखापरीक्षण पश्चात् दिइएका त्रुटी, कैफियत र लेखा सुपरिवेक्षण समितिले अध्ययन गरी कार्यान्वयनका लागि सञ्चालक समितिलाई लिखित सुझाव दिइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरबाट २० लाख मूल्यको भारतीय स्कार्पियो नियन्त्रणमा, चालक फरार

विराटनगर,१० कार्तीक । आवश्यक कागजातबिना सञ्चालन भइरहेको करिब २० लाख रुपैयाँ बराबरको एक भारतीय स्कार्पियो गाडी मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीलाई देखेपछि चालक भने

झापामा असोज महिनामै विपदबाट १० करोड बढीको क्षति

झापा ,१० कार्तीक। झापामा गत असोज महिनामा घटेका विभिन्न २२ वटा विपद्का घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। आगलागी, जङ्गली जनावरको आक्रमण

झापामा ३ लाख बढीको अवैध पटका बरामद गरी नष्ट

झापा ,१० कार्तीक। चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याउन खोजिएका रु तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका सशस्त्र प्रहरीले बरामद गरी नष्ट

विराटनगरले टस जितेर बलिङ रोज्यो

काठमाडौं ,१० कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय

प्रधानमन्त्री पछि अर्थमन्त्री पनि विवादमा

काठमाडौँ,१० कार्तीक । प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवादसम्बन्धी अभिव्यक्तिले निम्त्याएको विवाद हालसम्म पनि कायम छ । उक्त अभिव्यक्तिलाई विपक्षी दलहरुले राष्ट्रियता विरोधी अभिव्यक्ति भन्दै

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक