दमक,२८ साउन/ राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० दमक नगर समितिले आज पत्रकार सम्मेलन गर्दै संगठन सुदृढीकरण र भविष्यका योजनाबारे जानकारी गराएको छ।
नगर अध्यक्ष हेम सुवेदीका अनुसार, पार्टीलाई चलायमान बनाउन र हरेक क्षेत्र तथा स्थानमा सशक्त उपस्थिति जनाउन आफ्नो ध्यान केन्द्रित रहनेछ। उनले आगामी निर्वाचनमा पार्टीलाई प्रत्येक पदमा विजयी बनाउन योजनाबद्ध र रणनीतिक ढंगले काम अघि बढाइने स्पष्ट पारे।
पत्रकार सम्मेलनको उद्देश्य प्रेस तथा मिडियासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने रहेको सुवेदीले बताए। कार्यक्रममा राप्रपाका जिल्ला सदस्य राजु खड्का र विभिन्न वडाध्यक्षहरूको समेत उपस्थिति थियो।










