संखुवासभामा स्क्रब टाइफस र डेंगु सङ्क्रमितको वृद्धि

संखुवासभा ,२९ साउन। संखुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र डेंगी सङ्क्रमित बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाइएको छ ।

बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अभाव हुँदा ‘प्यासेज’ र हलमा बिरामी राख्नुपर्ने बाध्यता जिल्ला अस्पतालमा भएको छ ।

अस्पतालका सूचना अधिकारी सुमित्रा सापकोटाका अनुसार वैशाख यता स्क्रब टाइफसका २१४, डेंगी सङ्क्रमित ५६ र भाइरल ज्वरोका ११७ जना बिरामी भेटिएका छन् ।

स्क्रब टाइफस रोग एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा लाग्ने गर्दछ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने लगायतका लक्षण बिरामीमा देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरबाट २० लाख मूल्यको भारतीय स्कार्पियो नियन्त्रणमा, चालक फरार

विराटनगर,१० कार्तीक । आवश्यक कागजातबिना सञ्चालन भइरहेको करिब २० लाख रुपैयाँ बराबरको एक भारतीय स्कार्पियो गाडी मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीलाई देखेपछि चालक भने

झापामा असोज महिनामै विपदबाट १० करोड बढीको क्षति

झापा ,१० कार्तीक। झापामा गत असोज महिनामा घटेका विभिन्न २२ वटा विपद्का घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। आगलागी, जङ्गली जनावरको आक्रमण

झापामा ३ लाख बढीको अवैध पटका बरामद गरी नष्ट

झापा ,१० कार्तीक। चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याउन खोजिएका रु तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका सशस्त्र प्रहरीले बरामद गरी नष्ट

विराटनगरले टस जितेर बलिङ रोज्यो

काठमाडौं ,१० कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय

प्रधानमन्त्री पछि अर्थमन्त्री पनि विवादमा

काठमाडौँ,१० कार्तीक । प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवादसम्बन्धी अभिव्यक्तिले निम्त्याएको विवाद हालसम्म पनि कायम छ । उक्त अभिव्यक्तिलाई विपक्षी दलहरुले राष्ट्रियता विरोधी अभिव्यक्ति भन्दै

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक