जलाउँदै गरेको शवको हड्डी किन्ने २ जना पक्राउ

काठमाडौँ ,२९ साउन। पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी किन्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भई कपन बस्ने ४२ वर्षको रामनन्दन ठाकुर र सप्तरीको बलानविहुल गाउँपालिका–६ घर भई गौरीघाट बस्ने ४१ वर्षका मिश्रीलाल यादव रहेका छन्।

बिहीबार पक्राउ परेका ठाकुरको साथबाट प्रहरीले हड्डी र खरानीको धुलो बरामद गरेको जनाएको छ।

प्रहरीले यसअघि साउन २३ गते पशुपति आर्यघाटको २ नम्बर चितामा जलाउँदै गरेको शवको हड्डी निकालेको ५ सय रुपैयाँमा बेचेको आरोपमा यसअघि २ जना पक्राउ परेका थिए। उनीहरूसँग हड्डी किन्ने २ जनालाई पनि प्रहरीले पक्राउ गरेको काठमाडौँ परिसरका प्रवक्त्ता एसपी अपीलराज बोहराले जानकारी दिनु भयो।

 

उनीहरूले बनेपाका ६५ वर्षका राम शाहीको शव जलाउनेक्रममा हड्डी निकालेर बेचेका थिए।

यसअघि काभ्रेको मण्डनदेउपुर ५ घर भई काठमाडौँको गौरीघाट बस्ने गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र उदयपुरको कटारी नगरपालिका ८ घर भई गोठाटार बस्ने २४ वर्षका विनायक मैनालीलाई पक्राउ गरेको थियो।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। उनीहरुले ५ सय रुपैयाँमा जलाउँदै गरेको शवको हड्डी बेचेको स्वीकारेका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरबाट २० लाख मूल्यको भारतीय स्कार्पियो नियन्त्रणमा, चालक फरार

विराटनगर,१० कार्तीक । आवश्यक कागजातबिना सञ्चालन भइरहेको करिब २० लाख रुपैयाँ बराबरको एक भारतीय स्कार्पियो गाडी मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीलाई देखेपछि चालक भने

झापामा असोज महिनामै विपदबाट १० करोड बढीको क्षति

झापा ,१० कार्तीक। झापामा गत असोज महिनामा घटेका विभिन्न २२ वटा विपद्का घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। आगलागी, जङ्गली जनावरको आक्रमण

झापामा ३ लाख बढीको अवैध पटका बरामद गरी नष्ट

झापा ,१० कार्तीक। चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याउन खोजिएका रु तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका सशस्त्र प्रहरीले बरामद गरी नष्ट

विराटनगरले टस जितेर बलिङ रोज्यो

काठमाडौं ,१० कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय

प्रधानमन्त्री पछि अर्थमन्त्री पनि विवादमा

काठमाडौँ,१० कार्तीक । प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवादसम्बन्धी अभिव्यक्तिले निम्त्याएको विवाद हालसम्म पनि कायम छ । उक्त अभिव्यक्तिलाई विपक्षी दलहरुले राष्ट्रियता विरोधी अभिव्यक्ति भन्दै

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक