दमक, साउन ३०। दमक नगरपालिका–३ ले महिलाहरूलाई स्वरोजगारमुखी बनाउन लक्षित गर्दै सञ्चालन गरेको सीपमूलक ब्युटिसियन तालिम प्रभाबकारी रुपमा सञ्चालन भईरहेको छ । स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ संचालन गरिएको उक्त तालिममा ३६ जना सहभागी छन् । वडा कार्यालयको दुई लाख रुपैयाँ बराबरको आर्थिक सहयोग र चन्द्र सुर्य सीप विकास संस्थाको प्राविधिक सहकार्यमा ६५ दिन अवधि भएको ब्युटी पार्लर सम्बन्धी व्यवहारिक तालिम सञ्चालन गरिएको हो ।
वडा सचिव बालकृष्ण कोईरालाले तालिम महिलाहरूको आर्थिक सशक्तीकरणतर्फ केन्द्रित रहेको बताउनुभयो । उहाँले महिलाहरूलाई स्वरोजगार बनाउन सिप र अवसर प्रदान गर्न वडा कार्यालय निरन्तर लागिपरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार सिकाइएका सीपको प्रत्यक्ष उपयोगमार्फत महिलाहरूले आफू मात्र होइन, आफ्नो परिवारलाई समेत आर्थिक रूपमा सहयोग र्पुयाउने विश्वास गरिएको छ ।
भदौ ५ गतेसम्म जारी रहने तालिम समापन समारोहमा प्रमाणपत्र वितरण गर्ने वडा कार्यालयले जनाएको छ ।










