पुलबाट लडेर साढे दुई वर्षीया बालिकाको मृत्यु

ताप्लेजुङ, ३० साउन। ताप्लेजुङमा फड्के पुलबाट लडेर खोलामा पसेका बालिकाको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुका साढे दुई वर्षीया बालिकाको फड्के पुलबाट लडेर मृत्यु भएको हो ।

फुरुम्बुका वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार आमा शान्ता लिम्बूले छोरीलाई बोकेर माइती जाने क्रममा पुलबाट चिप्लिएर दुवै जना खोलामा पसेका थिए । चिप्लिएर खोलामा पसेका शान्तालाई ससुरा टक बहादुर लिम्बुले उद्धार गर्नुभएको थियो ।

त्यस्तै बालिकालाई भने खोलाले बगाएर करिब दुई सय मिटर तल पु¥याएको थियो । ढुङ्गामा अल्झिएको बालिकाको उद्धार गर्नुअघि नै निधन भइसकेको प्रहरीले बताएको छ ।

फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाको सिमानामा रहेको सिस्ने खोलामा बनाइएको अस्थायी फड्के पुलबाट चिप्लिएर आमाछोरी खोलामा पसेका थिए । शवको कानुनी प्रक्रिया पुरा गर्न का लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली खटाइएको प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दुबईस्थित कोका–कोला एरिनामा आयोजित शानको ‘अल अफ मी टुर’ कन्सर्ट

  काठमाडौं , कार्तिक १०। भारतीय पाश्र्वगायक शानले दुबईमा आयोजित कन्सर्टमा पप संगीतका चर्चित गायक माइकल ज्याक्सनलाई सांगीतिक श्रद्धाञ्जली दिएका छन् । उनले ज्याक्सनको लोकप्रिय

उत्तराखण्ड विधानसभा घेराउमा झडप : कांग्रेसका १४ बुँदे माग, मुख्यमन्त्री धामीको सकारात्मक रहन आग्रह

काठमाडौं , कार्तिक १०। भारतको उत्तराखण्डमा महँगी, बेरोजगारी र विकाससम्बन्धी मुद्दा उठाउँदै विपक्षी दल कांग्रेसले राज्य सरकारमाथि दबाब बढाएको छ । बजेट अधिवेशन सुरु भएकै

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड : मान्मका मासु पसलमा चरम लापरबाही,७ दिनभित्र दर्ता गर्न अल्टिमेटम

कालीकोट , कार्तिक १०। कालीकोटको सदरमुकाम मान्म बजारमा सञ्चालित मासु पसलहरू मापदण्ड विपरित रहेको पाइएका छन् ।जिल्ला प्रशासन कार्यालय कालीकोटले मंगलबार गरेको अनुगमनका क्रममा सदरमुकाममा

कीर्तिपुरमा मलानको विस्फोट : ४१ बलमा ५ चौका र ३ छक्कासहित अर्धशतक प्रहार

काठमाडौं , कार्तिक १०।  राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ । मलानले

कीर्तिपुरमा चम्किए डेभिड मलानस चितवनको स्कोर २० ओभरमा १५६ रन

काठमाडौं , कार्तिक १०। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५७ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय

कात्तिक १२ देखि जावलाखेलमा पाँच दिने गोदावरी फूल प्रदर्शनी

काठमाडौं , कार्तिक १०। आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै

सडक पुगेपछि फेरियो रुकुमको मुहार : सदरमुकाम धाउने गाउँमै हुर्किए बजार

रुकुम पश्चिम , कार्तिक १०। मुसीकोट नगरपालिका भलाक्चाका ६७ वर्षीय जितबहादुर नेपाली युवा अवस्थामा बिहानै घरबाट खाना बोकेर जिल्ला सदरमुकाम खलंगा पुग्थे । उनका लागि