मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

दमक,३१ साउन । मोरङको बूढीगंगा गाउँपालिकामा शुक्रबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

अलगअलग स्थानमा मोटरसाइकल दुर्घटना भएको हो । एउटा दुर्घटना बूढीगंगा–२ अमाही बोक्ला टोलस्थित भित्री सडकखण्डमा राति १०ः१५ बजेतिर भएको प्रहरीले बताएको छ ।

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार नेमुवाबाट अमाहीतर्फ जाँदै गरेको को ३५ प ५०३३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा पर्दा चालक बूढीगंगा–२ का ३५ वर्षीय विकासकुमार भगतको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

भगतको उपचारका क्रममा राति १२ः३२ बजेतिर मृत्यु भएको इन्स्पेक्टर लाम्सालले बताउनु भयो। मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ ।

त्यस्तै, कोशी लोकमार्गअन्तर्गत बूढीगंगा–३ स्थित एसियन फ्यूल सेन्टरनजिक राति ११ बजेतिर अर्को दुर्घटना भएको छ । नेमुवाबाट विराटनगरतर्फ आउँदै गरेको को २१ प ८६९२ नम्बरको मोटरसाइकल सडकको डीभाईडरमा ठोक्किएर दुर्घटनामा परेको जानकारी इन्स्पेक्टर लम्सालले दिनु भयो ।

उहाँका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार विराटनगर महानगरपालिका–४ का ४२ वर्षीय कात्तिक विश्वासको मृत्यु भएको हो । गम्भीर घाइते अवस्थाका उनलाई घटनास्थलबाट उद्धार गरेर उपचारका लागि कोशी अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक विराटनगर–४ का सञ्जय थान्दार गम्भीर घाइते भएका छन् । उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ ।

दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दुबईस्थित कोका–कोला एरिनामा आयोजित शानको ‘अल अफ मी टुर’ कन्सर्ट

  काठमाडौं , कार्तिक १०। भारतीय पाश्र्वगायक शानले दुबईमा आयोजित कन्सर्टमा पप संगीतका चर्चित गायक माइकल ज्याक्सनलाई सांगीतिक श्रद्धाञ्जली दिएका छन् । उनले ज्याक्सनको लोकप्रिय

उत्तराखण्ड विधानसभा घेराउमा झडप : कांग्रेसका १४ बुँदे माग, मुख्यमन्त्री धामीको सकारात्मक रहन आग्रह

काठमाडौं , कार्तिक १०। भारतको उत्तराखण्डमा महँगी, बेरोजगारी र विकाससम्बन्धी मुद्दा उठाउँदै विपक्षी दल कांग्रेसले राज्य सरकारमाथि दबाब बढाएको छ । बजेट अधिवेशन सुरु भएकै

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड : मान्मका मासु पसलमा चरम लापरबाही,७ दिनभित्र दर्ता गर्न अल्टिमेटम

कालीकोट , कार्तिक १०। कालीकोटको सदरमुकाम मान्म बजारमा सञ्चालित मासु पसलहरू मापदण्ड विपरित रहेको पाइएका छन् ।जिल्ला प्रशासन कार्यालय कालीकोटले मंगलबार गरेको अनुगमनका क्रममा सदरमुकाममा

कीर्तिपुरमा मलानको विस्फोट : ४१ बलमा ५ चौका र ३ छक्कासहित अर्धशतक प्रहार

काठमाडौं , कार्तिक १०।  राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ । मलानले

कीर्तिपुरमा चम्किए डेभिड मलानस चितवनको स्कोर २० ओभरमा १५६ रन

काठमाडौं , कार्तिक १०। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५७ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय

कात्तिक १२ देखि जावलाखेलमा पाँच दिने गोदावरी फूल प्रदर्शनी

काठमाडौं , कार्तिक १०। आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै

सडक पुगेपछि फेरियो रुकुमको मुहार : सदरमुकाम धाउने गाउँमै हुर्किए बजार

रुकुम पश्चिम , कार्तिक १०। मुसीकोट नगरपालिका भलाक्चाका ६७ वर्षीय जितबहादुर नेपाली युवा अवस्थामा बिहानै घरबाट खाना बोकेर जिल्ला सदरमुकाम खलंगा पुग्थे । उनका लागि