काठमाडौँ,३१ साउन । सहकारी ठगी प्रकरणमा भैरहवा कागारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइने भएपछि त्रिभुवन विमानस्थलमा समर्थकहरु जम्मा भएका छन्।
लामिछानेलाई वुद्ध एयरको विमानस्थलबाट काठमाडौँ ल्याइँदैछ। उहाँलाई स्वागत गर्न रास्वपाका नेता दीपक बोहोरा लगायत विमानस्थलमा उपस्थित हुनु भएको छ । गत चैत २५ गतेदेखि भैरहवा कारागारमा रहनु भएका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिनु भएको थियो ।
तर, उहाँलाई कारागार स्थानान्तरण नगर्दा सरकारको आलोचना भएको थियो। आलोचनापछि सरकार उहाँलाई काठमाडौँ ल्याउन तयार भएको हो। लामिछानेलाई नक्खु कारागारमा राखिने भएको छ।










