झापामा लम्पी स्किनले ४३७ चौपायाको मृत्यु

दमक, २ भदौ । करिब दुई महिनाअघि झापामा फैलिएको लम्पी स्किन रोग अझै नियन्त्रणमा आउन सकेको छैन । पशु सेवा विज्ञ केन्द्र झापाको साउन मसान्तसम्मको तथ्यांक अनुसार झापामा लम्पी स्किन रोगबाट ४३७ वटा चौपाया मरेका छन् भने १५ हजार १५८ वटा चौपाया प्रभावित भएका छन् ।

बाह्रदशीमा ८९ , कन्काईमा ८७ , अर्जुनधारामा ४६ , भद्रपुरमा ३६ , बुद्धशान्तिमा २९ , कचनकवलमा २८ , झापा गाउँपालिकामा २४ , हल्दिवारीमा २२ , बिर्तामोडमा १९ , गौरीगञ्जमा १३ , गौरादहमा १२ , मेचीनगरमा १० , दमक र शिवसताक्षीमा ८–८ र कमलमा ६ वटा चौपाया मरेको तथ्यांकमा देखाएको छ ।

त्यस्तै जिल्लामा सबैभन्दा बढी चौपाया बाह्रदशीमा संक्रमित भएका छन् । त्यहाँ ३ हजार ८०४ वटा चौपाया संक्रमित भएका हुन् । त्यसपछि बुद्धशान्तिमा १ हजार ७३६ वटा चौपाया संक्रमित भएका छन् । मेचीनगरमा १ हजार ३६० , कचनकवलमा १ हजार १२१ , अर्जुनधारामा ९०१ , गौरीगञ्जमा ८८९ , बिर्तामोडमा ८६० , शिवसताक्षीमा ७५६ , भद्रपुरमा ७३६ , कनकाईमा ७२६ , झापा गाउँपालिकामा ५९६ , कमलमा ५५० , गौरादहमा ३९० , हल्दिवारीमा ३७४ र ३५९ वटा चौपाया संक्रमित भएका छन् । झापामा अहिलेसम्म ९९ हजार ६७४ वटा चौपायालाई लम्पी स्किनविरुद्धको भ्याक्सिन दिइएको पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईले जानकारी दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दुबईस्थित कोका–कोला एरिनामा आयोजित शानको ‘अल अफ मी टुर’ कन्सर्ट

  काठमाडौं , कार्तिक १०। भारतीय पाश्र्वगायक शानले दुबईमा आयोजित कन्सर्टमा पप संगीतका चर्चित गायक माइकल ज्याक्सनलाई सांगीतिक श्रद्धाञ्जली दिएका छन् । उनले ज्याक्सनको लोकप्रिय

उत्तराखण्ड विधानसभा घेराउमा झडप : कांग्रेसका १४ बुँदे माग, मुख्यमन्त्री धामीको सकारात्मक रहन आग्रह

काठमाडौं , कार्तिक १०। भारतको उत्तराखण्डमा महँगी, बेरोजगारी र विकाससम्बन्धी मुद्दा उठाउँदै विपक्षी दल कांग्रेसले राज्य सरकारमाथि दबाब बढाएको छ । बजेट अधिवेशन सुरु भएकै

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड : मान्मका मासु पसलमा चरम लापरबाही,७ दिनभित्र दर्ता गर्न अल्टिमेटम

कालीकोट , कार्तिक १०। कालीकोटको सदरमुकाम मान्म बजारमा सञ्चालित मासु पसलहरू मापदण्ड विपरित रहेको पाइएका छन् ।जिल्ला प्रशासन कार्यालय कालीकोटले मंगलबार गरेको अनुगमनका क्रममा सदरमुकाममा

कीर्तिपुरमा मलानको विस्फोट : ४१ बलमा ५ चौका र ३ छक्कासहित अर्धशतक प्रहार

काठमाडौं , कार्तिक १०।  राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ । मलानले

कीर्तिपुरमा चम्किए डेभिड मलानस चितवनको स्कोर २० ओभरमा १५६ रन

काठमाडौं , कार्तिक १०। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५७ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय

कात्तिक १२ देखि जावलाखेलमा पाँच दिने गोदावरी फूल प्रदर्शनी

काठमाडौं , कार्तिक १०। आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै

सडक पुगेपछि फेरियो रुकुमको मुहार : सदरमुकाम धाउने गाउँमै हुर्किए बजार

रुकुम पश्चिम , कार्तिक १०। मुसीकोट नगरपालिका भलाक्चाका ६७ वर्षीय जितबहादुर नेपाली युवा अवस्थामा बिहानै घरबाट खाना बोकेर जिल्ला सदरमुकाम खलंगा पुग्थे । उनका लागि