आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

दमक, ३ भदौ । आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी झापा दमककी ३० वर्षीया शोभाकुमारी साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति बीएण्डसी अस्पताल बिर्तामोडमा उनको मृत्यु भएको दमक प्रहरीले पुष्टि गरेको छ । दमक अस्पताल दमकमा सामान्य उपचारपश्चात् उनलाई धरान लगिएको थियो । धरानमा चिकित्सक नभएपछि उनलाई फर्काएर बीएण्डसी अस्पताल ल्याइएको थियो । हिजो दिउँसो ४ः३० बजे दमक नगरपालिका–१ भानुभक्त चोक बस्ने मनोज साहकी श्रीमती शोभाकुमारी साहले आफ्नै तीनतले पक्की घरको दोस्रो तलामा आफू सुत्ने कोठाको ढोका थुनेर पेट्रोल आफ्नो शरीरमा छर्की आगो लगाएकी थिइन् ।

छोरीसहित बेपत्ता भएकी शोभाकुमारीले करिव एक महिनापछि घर फर्किएर आत्मदाह गरेको खुल्न आएको छ । हिजै घर फर्किएर उनले आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ ।

शोभा मनोजकी कान्छी श्रीमती हुन् । पहिलो श्रीमतीको निधनपछि मनोजले भारतको मुजफ्फरपुरबाट शोभालाई बिहे गरेर ल्याएका थिए । उनीहरूबिच केही समयदेखि घरायसी विवाद भएको थियो । गत असार ३२ गते बिहान करिब ९ बजे शोभा मनोजकी जेठी श्रीमतीकी छोरी सुरभीलाई लिएर बेपत्ता भएकी थिइन्। मनोजले आमाछोरी बेपत्ता भएको भनी इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएका थिए । आमाछोरी घरबाट बेपत्ता भएको ६ दिनपछि छोरी सुरभी भारत सिलिगुडीको सूर्यसेन पार्कभित्र एक्लै बसिरहेको अवस्थामा फेला परेकी थिइन्। शोभाले नै सुरभीलाई त्यहाँ छोडेर गएको पार्कको सिसी टिभी फुटेजको आधारमा प्रहरीले पहिचान गरेको थियो ।

छोरी फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी मनोजले छोरीलाई लिएर आएका थिए । तर, शोभा भने त्यहाँ फेला परेकी थिइनन् । उनी हिजो मात्र घर फर्केकी आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दुबईस्थित कोका–कोला एरिनामा आयोजित शानको ‘अल अफ मी टुर’ कन्सर्ट

  काठमाडौं , कार्तिक १०। भारतीय पाश्र्वगायक शानले दुबईमा आयोजित कन्सर्टमा पप संगीतका चर्चित गायक माइकल ज्याक्सनलाई सांगीतिक श्रद्धाञ्जली दिएका छन् । उनले ज्याक्सनको लोकप्रिय

उत्तराखण्ड विधानसभा घेराउमा झडप : कांग्रेसका १४ बुँदे माग, मुख्यमन्त्री धामीको सकारात्मक रहन आग्रह

काठमाडौं , कार्तिक १०। भारतको उत्तराखण्डमा महँगी, बेरोजगारी र विकाससम्बन्धी मुद्दा उठाउँदै विपक्षी दल कांग्रेसले राज्य सरकारमाथि दबाब बढाएको छ । बजेट अधिवेशन सुरु भएकै

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड : मान्मका मासु पसलमा चरम लापरबाही,७ दिनभित्र दर्ता गर्न अल्टिमेटम

कालीकोट , कार्तिक १०। कालीकोटको सदरमुकाम मान्म बजारमा सञ्चालित मासु पसलहरू मापदण्ड विपरित रहेको पाइएका छन् ।जिल्ला प्रशासन कार्यालय कालीकोटले मंगलबार गरेको अनुगमनका क्रममा सदरमुकाममा

कीर्तिपुरमा मलानको विस्फोट : ४१ बलमा ५ चौका र ३ छक्कासहित अर्धशतक प्रहार

काठमाडौं , कार्तिक १०।  राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ । मलानले

कीर्तिपुरमा चम्किए डेभिड मलानस चितवनको स्कोर २० ओभरमा १५६ रन

काठमाडौं , कार्तिक १०। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५७ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय

कात्तिक १२ देखि जावलाखेलमा पाँच दिने गोदावरी फूल प्रदर्शनी

काठमाडौं , कार्तिक १०। आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै

सडक पुगेपछि फेरियो रुकुमको मुहार : सदरमुकाम धाउने गाउँमै हुर्किए बजार

रुकुम पश्चिम , कार्तिक १०। मुसीकोट नगरपालिका भलाक्चाका ६७ वर्षीय जितबहादुर नेपाली युवा अवस्थामा बिहानै घरबाट खाना बोकेर जिल्ला सदरमुकाम खलंगा पुग्थे । उनका लागि