दमक, १९ भदौ । झापाको दमक नगरपालिका– वार्ड नं २, भाङबारीमा जग्गा विवादका कारण धाकधम्की र बाझाबाझ भएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
आज दिउँसो करिब १२ः२० बजे, कमल गाउँपालिका–५ सितापुरीका ५० वर्षीय बिरेन्द्र कुमार मगरले आफ्नो जग्गामा बाटो नभएको भन्दै वडा कार्यालय पुगेका थिए। सो क्रममा वडा अध्यक्ष प्रजापति सापकोटा सँग बाटो प्रमाणिकरण गरिदिन आग्रह गर्ने क्रममा विवाद चर्किएको थियो ।
बिरेन्द्रले “काट्छु, मार्छु” भनी धाकधम्की दिएका थिए भन्ने सूचना इलाका प्रहरी कार्यालय दमकमा पुगेपछि प्रहरी परिचालन गरिएको थियो।
प्रहरी नायब उपरीक्षक लंकबहादुर श्रेष्ठको कमाण्डमा खटिएको टोलीले विवादमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा बिरेन्द्र कुमार मगर , कमल गाउँपालिका–५का दर्पण मगर र सोही ठाउँका मार्तिला मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूलाई इप्रका दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो जग्गा विवादका बारेमा उज्यालो खवरले स्थलगत रिपोर्ट समेत बनाइसकेको छ ।
सो रिपोर्टको भिडियो यहाँ क्लिक गर्नुहोस










