घटनाबारे अनुसन्धान जारी

धरानमा जेब्रा झोलामा शरिरको बाँकी भाग भेटिए पनी शवको खुलेन पहिचान

 

सुनसरीको धरानमा झोलाभित्र मानिसको शरीरका केही भाग फेला परेको छ। धरान उपमहानगरपालिका–४ स्थित नौकिलोमा बुधबार जेब्रा झोलाभित्र पुरुषको काटिएको टाउको र खुट्टाको भाग भेटिएको थियो। झोलाभित्र मानिसको शरीर भेटिएपछि उक्त स्थानमा बिहीबार बिहान प्रहरी टोली पुगेको थियो।

 

 

अनुसन्धानका क्रममा प्रहरीले शव भेटिएको एक किलोमिटर माथि शरीरका अरु भाग र खुट्टा भेटिएको जनाएको छ। टाउको र खुट्टा भेटिएको एक किलोमिटर माथिको जंगलबाट जिउको भाग र दाहिने खुट्टा भेटिएको सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालले बताए। बिहान सघीय प्रहरी कार्यालय धरानको तालिमप्राप्त ट्र्याक डगसहित सर्च गर्ने क्रममा जिउको भाग र दाहिने खुट्टा जेब्रा झोलामा नै भेटिएको उनले बताए। ‘शवको पहिचान अझै हुन सकेको छैन, शरीरको सबै भागको अब फरेन्सिक जाँच गछौँ,’ उनले भने, ‘त्यसपछि केही खुल्न सक्छ।’

जङ्गलमा दाउरा खोज्न जाने क्रममा दुर्गन्ध आएको र जेब्रा झोलामा मानिसको खुट्टा बाहिर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले इलाका प्रहरी कार्यालय धरान र सङ्घीय इकाई प्रहरी कार्यालय धरानले घटनाको अनुसन्धान गरिरहेका छन्। शवको प्रकृति हेर्दा हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार मृतक अधवैंशे उमेरको रहेको अनुमान गरिएको छ।

घटनास्थलमा परिचय खुल्ने कुनै पनि प्रमाण नभेटिएका कारण पहिचान खुलाउन समस्या भएको संघीय प्रहरीका एसपी दाहालले बताए। उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। मृतकको  पोष्टमार्टम रिपोर्टपछि केही पत्ता लाग्न सक्ने उनले बताए।

 

 

 

 

 

 

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न