"एमसिसि"

सरकारले एमसिसि पास नगरे देशमा दीर्घकालीन असर पर्छ : पूर्व अर्थमन्त्री पाण्डे

दमक/
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसिसि संसदमा पेष गरेर सरकारले निणर्यार्थ अघी सार्नुनै उत्तम विकल्प रहेको बताउनु भएको छ । गठबन्धन मार्फत बनेको सरकार आफैमा बहुमत रहेकोले संसदमा एमसिसिलाई गठबन्धनको बहुमतको ध्वानी मार्फतनै पारित गरेर अघी बढ्न सुझाव दिनुभएको छ । एमसिसि संसदमा पेष हुने वित्तिकै दुई तिहाई सांसदले मदतान गरेर पास गर्ने भन्ने कुरा कहिपनि उल्लेख नभएको बताउँदै संसदमा रहेको बहुमत सांसदको आवाजले मात्रैपनि पारित गरेर अघी बढ्न सक्ने र यो क्षमता सरकार आफैसँग भएको उल्लेख गर्नु भयो । दमकमा रहेको मेचि सहकारी सस्था लिमिटेडको रजत वर्षमा सहकारीमा प्रविधिको प्रयोग र नव प्रवर्धन विषयमा कार्यपत्र प्रस्तुत गर्न आउनु भएका पाण्डेलाई उज्यालो खवरले एमसिसिको बारेमा एमालेको धारणा के हो भनेर सोधको प्रश्नमा उहाँले यस्तो बताउनु भएको हो ।

यसभन्दा अघि एमाले वा तत्कालीन नेकपाको सरकार भएको बेला आफुहरुले पनि संसदमा एमसिसि टेवल गर्न कार्यसुचिनै बनाएर अघी बढेको स्मरण गर्दै उहाँले भन्नु भयो ‘सरकारको उत्ताराधीकारीले गर्नुपर्ने दायीत्व अन्तर्गत एमसिसिलाई पास गर्नु पर्छ । हामीले पनि त्यसबेला एमसिसि संसदबाटै पास गर्न पेष गरेका थीयौ । तर तत्कालीन सभामुख कृष्ण बहादुर महराले त्यसलाई पेष गराउनै चाहनु भएन ।’ जुन उहाको संसदिय मर्यदा विपरित थियो ।’

एमसिसि संसदबाटै पास गर्नुपर्छ भन्ने सर्त नेकपा सरकारले परिमार्जन गरेको हो भन्ने आरोप छ नी भन्ने प्रश्नमा उहाँले यसलाई स्विकार गर्दै भन्नु भयो ‘ एमसिसि परियोजनाको सहज कार्यान्वायनकालागि एमसिसिले संसदबाट पास गराउन अनुरोध गरेकोले त्यो बुदा थप गरेको प्रष्ट पानुभयो । ‘नेपालमा स्थाई सरकार बनेको छैन । सरकार परिवर्तन भइरहने भएकोले एउटा सरकारको पालामा गरेको सम्झौता अर्को सरकार बनेपछि त्यो कार्यान्वायन नहुन पनि सक्छ , जुन जुन सरकार बन्यो त्यो त्यो सरकारसँग सम्झौता गर्दै हिड्न सम्भव पनि हुन्न ।

बहुमतको ध्वानी मार्फतनै संसदबाट पास गरेर अघी बढौ र त्यसपछि जुन जुन पार्टिको सरकार बनेपनि परियोजनामा काम गर्न कुनै बाधा हुँदैन ।’ एमसिसिले यस्तो परिस्थिती सिर्जना गराएपछि तत्कालनी अर्थमन्त्री यूवराज खतिवडाले संसदमा पेष गर्न सहमत हुनुभएको हो र यो सर्त थपीएको हो । पाण्डेले बताउनु भयो ।


उहाँले एमसिसि नेपालमा आउँदैमा अमेरिकाले नेपाललाई उपनिवेश बनाउँछ भन्ने कुरा भ्रमपूणर् रहेको र यसकापछि नलाग्न पनि उहाँले स्पष्ट पार्नु भएको छ । ‘अमेरिका नेपाल आउन प्रयोग गर्ने मार्ग कित सडक हो कित आकाश हो । यी दुबै मार्गबाट आउँन भारत नभई आउन सकिदैन । अनी भारत वा चीनले आफ्नो आकाश वा जमिनको प्रयोग गरेर अमेरिकाी सेना पटक पटक नेपाल आएको टुलुटुल बसेर हेर्ला त ?’ अलिक व्यवहारिक भएर पनि सोच्न र बास्तविकता बुझ्न पाण्डेले अनुरोध गर्नु भएको छ ।

सरकारको असक्षमताका कारण एमसिसिका नाममा अहिले विदेशी सम्बन्धमा पनि दरार स्थापना भएकोे उहाँको टिप्पणी छ। ‘एमसिसिबाट प्राप्त हुने अनुदान रकम ठुलो नहोला तर त्यो अस्विरकार भयो भने आमेरिका तथा अमेरिकाका महादेशका अन्य देशले गर्ने सहयोग तथा सहकार्य बन्द भयो भने नेपालले त्यो बेला के गर्ने ? अमेरिकाले त्यस देशमा रहेका नेपाली वा अन्य देशमा पनि नेपालीलाई काम नदिनु भनेर कुनै कुटनैतिक चाल चाल्यो भने अहिलेको यो सरकारले त्यो अवस्थाको सामना गर्न सक्ला ?’

पाण्डेले प्रश्न गर्दै भन्नुभयो सरकार असक्षम समुहको हातमा गएका कारण देशले विदेशी सम्बन्धमा समस्या ल्याइरहेको छ । यसको असर दिर्घकालीन छ । सबै देशसँगको सम्बन्ध समान बनाउन आवश्यक रहेको उहाँले औँल्याउनु भयो ।

Share: