मातृभाषाको संरक्षण

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

 

 

काठमाडौं : अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र भाषिक आन्दोलन गर्दै आएका विभिन्न संघ संस्थाले कार्यक्रम गर्दैछन्। नेपाल प्रज्ञा प्रतिष्ठानले आज मातृभाषाको कविता महोत्सव गर्दैछ।

प्रतिष्ठानको सभाहल कमलादीमा बिहान १० बजेपछि उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा कविता महोत्सवमा हुने प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले जानकारी दिए।

कार्यक्रममा विभिन्न जातजातिका मौलिक झाँकी प्रस्तुत हुनेछ। महोत्सवमा विभिन्न भाषाका ४६ वटा कविता वाचन हुने सदस्य सचिव उपाध्यायले बताए। दिवसको अवसरमा विश्वभर मातृ भाषाका अधिकार र संरक्षणका विषयमा चर्चा गर्ने गरिन्छ। हरेक वर्ष फेब्रअरी २१ लाई अन्तर्राष्ट्रिय मातृ भाषा दिवसका रुपमा मनाईदै आएको छ।

तत्कालिन पूर्वी पाकिस्तान हालको बंगलादेशमा बंगाली मातृभाषा बोल्न पाउनुपर्छ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरु मारिएको दिनको संस्मरणमा यो दिवस मनाउन थालिएको हो। सन् २००० मा संयुक्त राष्ट्रसंघले यस दिनलाई मातृभाषा दिवसका रुपमा मनाउन आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो।

बंगलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय विदा दिने गरिन्छ। नेपालमा २०६८ को जनगणना अनुसार १ सय २३ वटा भाषा बोलिन्छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो