मातृभाषाको संरक्षण

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

 

 

काठमाडौं : अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र भाषिक आन्दोलन गर्दै आएका विभिन्न संघ संस्थाले कार्यक्रम गर्दैछन्। नेपाल प्रज्ञा प्रतिष्ठानले आज मातृभाषाको कविता महोत्सव गर्दैछ।

प्रतिष्ठानको सभाहल कमलादीमा बिहान १० बजेपछि उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा कविता महोत्सवमा हुने प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले जानकारी दिए।

कार्यक्रममा विभिन्न जातजातिका मौलिक झाँकी प्रस्तुत हुनेछ। महोत्सवमा विभिन्न भाषाका ४६ वटा कविता वाचन हुने सदस्य सचिव उपाध्यायले बताए। दिवसको अवसरमा विश्वभर मातृ भाषाका अधिकार र संरक्षणका विषयमा चर्चा गर्ने गरिन्छ। हरेक वर्ष फेब्रअरी २१ लाई अन्तर्राष्ट्रिय मातृ भाषा दिवसका रुपमा मनाईदै आएको छ।

तत्कालिन पूर्वी पाकिस्तान हालको बंगलादेशमा बंगाली मातृभाषा बोल्न पाउनुपर्छ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरु मारिएको दिनको संस्मरणमा यो दिवस मनाउन थालिएको हो। सन् २००० मा संयुक्त राष्ट्रसंघले यस दिनलाई मातृभाषा दिवसका रुपमा मनाउन आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो।

बंगलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय विदा दिने गरिन्छ। नेपालमा २०६८ को जनगणना अनुसार १ सय २३ वटा भाषा बोलिन्छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न