कलाकार तथा लोकगायक जयनन्द लामाको निधन

1645586200_jayanda (1)

 

 

काठमाडौं कलाकार तथा लोक गायक जयनन्द लामाको निधन भएको छ। लामाको निधन भएको अर्का कलाकार शिवहरि पौडेलले पुष्टि गरेका हुन्।

लामा बुधबार बिहानै मृत फेला परेका थिए। घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका हुन्।

लामालाई श्रद्धाञ्जलिका लागि आज दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखी आजै अन्त्येष्टि गरिने कलाकार श्रेष्ठले जानकारी दिए।

लामाले नेपाली लोक सगीत क्षेत्रमा थुप्रै चर्चित गीत गाएका छन्। उनले ‘कलकत्ते काइँयो’, ‘चुइँ चुइँ चुइँकने जुत्ता’जस्ता थुप्रै लोक गीतहरुमा उनले आवाज दिएका छन्।

त्यस्तै, उनले बाँध, छक्कापञ्जाजस्ता फिल्महरुमा पनि अभिनय गरेका छन्। लामाले लामो समयसम्म टेलिभिजन श्रृङ्खलामा पनि उपस्थिति दिएका थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको