कोशी प्रदेशका विपक्षी दलका नेता आङ्बोद्धारा विपद् व्यवस्थापनमा प्रदेश सरकारलाई अझै जिम्मेवार बन्न आग्रह

विपद्को समयमा राहत वितरणलाई मर्यादित बनाउन र सडक सञ्जाल सुचारु गर्न आङ्बोको जोड

विराटनगर,२२ असोज । कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बाढी–पहिरोबाट सिर्जित विपद् व्यवस्थापनमा प्रदेश सरकार विगतको तुलनामा अझ जिम्मेवार, संवेदनशील र परिणाममुखी बन्नुपर्ने बताउनु भएको छ ।

प्रदेशको विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकमा उहाँले राहत, उद्धार र पुनर्निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउनु भएको छ ।

आङ्बोले विपद्को यो जटिल परिस्थितिमा सरकारलाई आफ्नो दलको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै विगतका अनुभवबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ । ‘पुनर्निर्माणका क्रममा विगतमा भयानक त्रुटि भए, जसले गर्दा पीडितले समयमा राहत पाएनन्,’ उहाँले भन्नु भयो, ‘अहिलेको विपद् व्यवस्थापनमा त्यस्ता गल्ती दोहोरिनु हुँदैन । सरकार यो विषयमा गम्भीर बन्नुपर्छ ।’

उहाँले प्रदेश सरकारले सबै काम आफैँ गर्न खोज्ने ‘माइक्रो–म्यानेजमेन्ट’ को मानसिकता त्यागेर स्थानीय तहलाई विश्वास गर्नुपर्नेमा जोड दिनु भयो । ‘साना र मसिना काममा प्रदेश सरकार अल्झिनु हुँदैन । हामीभन्दा तल स्रोतसाधनयुक्त स्थानीय सरकार छन् । उनीहरूलाई जिम्मेवारी दिनुपर्छ,’ आङ्बोले भन्नु भयो।

स्थानीय तहको स्रोतले नभ्याउने ठाउँमा प्रदेश सरकारले वित्तीय हस्तान्तरणमार्फत अनुदान दिनुपर्नेमा आङ्बोले जोड दिनु भयो । यसले काम छिटो, छरितो र प्रभावकारी हुने उहाँले बताँउनु भयो।

विपदको समयमा हुने राहत वितरणलाई मर्यादित र पारदर्शी बनाउन एकद्वार प्रणाली लागु गर्न उहाँले सुझाव दिनु भयो । ‘विपदको बेला राजनीति गर्ने, जस लिने वा मिडिया खपतका लागिमात्र काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ,’ उहाँले भन्न्ु भयो, ‘यस्ता गतिविधिले अराजकता निम्त्याउन सक्छ ।’

चाडपर्वको मुखमा नागरिकलाई सहज बनाउन र राहत सामग्री ढुवानी गर्न अवरुद्ध सडक सञ्जाल तत्काल सुचारु गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने आङ्बोले बताउनु भयो । ‘धेरै कानुनी झमेलामा नअल्मलिएर तत्काल काम सुरु गर्न सम्बन्धित कार्यालयहरूलाई अख्तियारी दिनुपर्छ, ‘मेची राजमार्ग र तमोर करिडोरजस्ता मुख्य सडकहरू खुलाउन संघीय सरकारसँग आवश्यक समन्वय गर्नुपर्छ ।’ उहाँले भन्नु भयो।

विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत जुटाउन प्रदेश सरकारले चालु खर्चमा कटौती गर्नुपर्ने र अनावश्यक आयोजनाहरूलाई थाँती राख्नुपर्ने उहाँको सुझाव थियो । उहाँले संघीय सरकारले सुरु गरेको खर्च कटौतीको प्रयासलाई सकारात्मक भन्दै प्रदेशले पनि त्यसलाई अवलम्बन गर्नुपर्ने बताउनु भयो । ठूलो क्षति भएकाले पुनर्निर्माणका लागि संघीय सरकारसँग विशेष सहयोग माग्न पनि उहाँले प्रदेश सरकारलाई आग्रह गर्नु भयो।

आङ्बोले प्रदेशको राजनीतिक परिस्थिति जटिल भए पनि विपदको सामना गर्न सबै एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारले संयमतापूर्वक र जिम्मेवारीका साथ काम गरेमा प्रतिपक्षी दलको तर्फबाट पूर्ण रचनात्मक सहयोग रहने विश्वास दिलाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित