आयोगद्धारा सरकारलाई राजनीतिक परिस्थितिमा संयमता अपनाउन निर्देशन

काठमाडौं,२२ असोज । राष्ट्रिय मानव अधिकार आयोगले हाल मुलुकमा विकसित राजनीतिक परिस्थितिप्रति ध्यानाकर्षण गराउँदै सरकारलाई संयमतापूर्वक आवश्यक कदम चाल्न निर्देशन दिइ रहेको छ ।

 

आयोगले जेनजी पुस्ताका समूहले आगामी दिनमा गर्ने भनिएको प्रदर्शन र त्यससँग सम्बन्धित गतिविधिहरूबाट शान्ति–सुरक्षामा पार्न सक्ने सम्भावित प्रभावप्रति चिन्ता व्यक्त गर्दै आएको छ । आयोगले विभिन्न समूह, राजनीतिक दल र व्यक्तिहरूबाट अभिव्यक्त विचारले मानव अधिकारको उपभोगमा अवरोध आउन सक्ने अवस्था देखिएकाले त्यसलाई गम्भीरतापूर्वक लिएको पनि बुधबार विज्ञप्तिमार्फत बताएको छ ।

आयोगका अनुसार हिंसात्मक गतिविधि, अरू व्यक्तिलाई लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण नै धुमिल हुने जोखिम रहेको बताएको छ । आयोगले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण, विधिको शासन कायम गर्नुपर्ने र सामाजिक सद्भाव बचाइ जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत संक्रमणकालीन अवस्थाको निकास खोज्नु राज्य र नागरिक दुवैको दायित्व भएको बताएको छ ।

आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा ’विकसित परिस्थितिमा शान्ति–सुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च राख्दै धैर्यता र संयमतापूर्वक आवश्यक कदम चाल्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ।’ भनिएको छ।

साथै आयोगले विभिन्न समूह र राजनीतिक दलहरूलाई मर्यादित र संयमित प्रदर्शन गर्न, अरू प्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न र सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आग्रह गरेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३

तिहार नजिकिँदा ३ महिनामै ३ अर्ब बाहिरियो

काठमाडौँ,१३ कार्तीक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसला (ड्राइफ्रुट्स) को किनमेल तीव्र बनेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै

झापामा हाउजी खेलेको आरोपमा सईसहित ४ सशस्त्र प्रहरी कारबाहीमा

झापा ,१३ कार्तीक। जुवाजन्य गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको सुरक्षा निकायका कर्मचारी नै विङ्गो (हाउजी) खेलमा सहभागी भएको पाइएपछि सशस्त्र प्रहरी बलले झापामा कार्यरत ४