जेन–जी समूह र पुराना दलीय संगठनका कारण शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको माहोल बनाउन समेत सरकारलाई सकस

काठमाण्डौं,२३ असोज। भदौ २३ र २४ गते भएको आन्दोलन, दमन तथा आगजनीका घटनालाई लिएर यतिखेर सरकार दबाबमा रहेको छ । आन्दोलनकारी पक्षधरले तत्कालीन शासकहरू केपी ओली, रमेश लेखकलगायतलाई पक्राउ गरी ज्यानमुद्दा चलाउन दबाब दिइरहेका छन् भने उता दलीय संगठनहरुले पनि ओली–लेखकलाई पक्राउ गरे ठीक नहुने भन्दै आन्दोलन भड्काउन र आगजनी गर्नमा संलग्न रहेको आरोपसहित बालेन र सुदन गुरुङलाई पक्रन माग गरि रहेका छन् । उक्त घटनाको जाँचबुझ गर्नका लागि गठित आयोगले समेत शंकास्पद भूमिका खेलि रहेको भन्दै आलोचना समेत शुरु भएको छ ।आयोगले फौजदारी कसुरमा संलग्नलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आफ्नो प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ । जबकि यसअघि गृह मन्त्रालयले असोज ९ गते विज्ञप्ति जारी गर्दै उक्त घटनाको अनुसन्धान आयोगबाट हुने भएकाले सरकारका संयन्त्रमार्फत कसैलाई पनि कारबाही नगर्न भनेको हो।

पुर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्रन सरकारले आदेश दिए पनि सुरक्षा निकायले स्थिति थप भड्कने भन्दै आयोगको अुसन्धानका आधारमा अघि बढ्नुपर्ने अड्डी लिएका छ् । तर पनि जेनजी आन्दोलनका मृतकका परिवारलाई अघि सारेर मंगलबार ओली र लेखकविरुद्ध किटानी जाहेरी प्रहरीमा बुझाइएको हो। यद्यपि उक्त जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले जाँचबुझ आयोगमा पठाएको हो । उक्त उजुरी आयोगसमक्ष आइपुगेको र अध्ययन गरेर थप पक्रिया अघि बढाउने आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताँउनु भयो। आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने कार्यादेश रहेको जनाएको छ ।

उता आफ्ना नेताविरुद्ध जाहेरी परेपछि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका एनजिओका संस्थापक एवं जेनजी अगुवा सुदन गुरुङविरुद्ध समेत प्रहरीमा मंगलबार नै किटानी जाहेरी दिएको हो । अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहित अखिलको टोलीले उक्त जाहेरी दिँदै सिंहदरबार लगायत सरकारी संरचनामा तोडफोड, आगजनी र प्रहरीमाथि लुटपाट तथा हत्या गरेको आरोप लगाउँदै उल्लिखित दुवैजनालाई पक्रन माग गरिएको जनाएको छ ।

बुधबार बालेन र सुदन विरुद्ध युवराज पौडेल ‘सफल’ले पनि हुलाकमार्फत प्रहरीमा जाहेरी पठाएका छन् भने उनी आफै जाहेरी दिन पुगे पनि प्रहरीले लिन अस्वीकार गरेपछि हुलाक प्रयोग गरेका हुन् । सफलले पनि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको विध्वंस मच्चाउन उनीहरूको प्रमुख भूमिका रहेको आरोप लगाएका छन्, जसमा बालेनले विध्वंसको योजना बनाई, डिजाइन गरी र सामाजिक सञ्जालबाट जेनजी समूहलाई उक्साएर वितण्डा मच्चाएको आरोप लगाएका छन् । यी सबै जाहेरीलाई प्रहरीले जाँचबुझ आयोगमा नै पठाउने जनाएको छ ।

जेनजीको अगुवा घोषित गरिरहेका सुदन गुरुङ र उनको समूहले प्रधानन्यायाधीश लगायतको राजीनामा माग गर्दै सरकारमाथि थप दबाब समेत बढाएको जनाएको छ । यस्तो बेला नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत लगायतका सम्पूर्ण अदालतका काम, कारबाही अविलम्ब नियमित रुपमा सञ्चालन गर्न र अदालतको सुरक्षा गर्न माग गरेको जनाएको छ । बारले स्वतन्त्र न्यायपालिकालाई भय र त्रासमा राखी निर्देशित न्यायलय सञ्चालन गर्ने कुचेष्टाप्रति भत्र्सना गर्दै स्वतन्त्र, सक्षम र उत्तरदायी न्यायपालिकाको मान्यता राख्ने यस उपर हुने कुनै पनि जोरजुलुम, जबर्जस्ती, हमला एवं अवैधानिक गतिविधिको विरोध गर्ने बताएको छ ।

यसरी भदौ २३ र २४ गतेका घटनालाई लिएर समाज, प्रशासन, राजनीति र सुरक्षा निकाय विभाजित भइरहेका छन् । ती सबै हिंसात्मक एवं गैरकानूनी घटनाको निष्पक्ष छानबिन र दोषी पक्ष सबैलाई कारबाही गर्नका लागि उच्चस्तरीय आयोग गठन भएकै छ तर आयोगको अनुसन्धानका आधारमा कानुनी बाटो अपनाएर अघि बढ्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वसनीय कायम हुने विज्ञहरुको तर्क रहेको छ । अन्यथा प्रतिशोध र निषेधको बाटोमा जाने हो भने मुलुक अन्यौल, अनिश्चय र बहुपक्षीय द्वन्द्वमा फस्ने सम्भावनालाई बढाउँछ । शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको माहोल बनाउन समेत सरकारलाई सकस पर्नसक्द छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३

तिहार नजिकिँदा ३ महिनामै ३ अर्ब बाहिरियो

काठमाडौँ,१३ कार्तीक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसला (ड्राइफ्रुट्स) को किनमेल तीव्र बनेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै

झापामा हाउजी खेलेको आरोपमा सईसहित ४ सशस्त्र प्रहरी कारबाहीमा

झापा ,१३ कार्तीक। जुवाजन्य गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको सुरक्षा निकायका कर्मचारी नै विङ्गो (हाउजी) खेलमा सहभागी भएको पाइएपछि सशस्त्र प्रहरी बलले झापामा कार्यरत ४