नागरिकको सुरक्षाको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने भन्दै जिउधनको सुरक्षा आफैँले गर्नुपर्ने र त्यसको नेतृत्व एमालेले गर्ने

भक्तपुर,२३ असोज।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनस्र्थापनाको मुख्य माग लिएर अघि बढ्ने बताउनु भएको छ् । भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले असंवैधानिक सरकारले गरेका हरेक कार्य गलत भएको भन्दै देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन तत्काल संसद पुनस्र्थापना पहिलो सर्त भएको जिकिर गर्नु भएको छ।

 

‘फागुन २१ गते पर्खिने बेला छैन । मुलुक अघि बढाउनुपर्नेछ,’ ओलीले भन्नु भयो, ‘संसद पुनस्र्थापना बाहेक अन्य मान्य स्वीकारेर हिँडियो भने देश बर्बाद हुन्छ ।’

उहाँले नागरिकको शान्ति, सुरक्षाको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने भन्दै नागरिकको जिउधनको सुरक्षा आफैँले गर्नुपर्ने र त्यसको नेतृत्व एमालेले गर्ने बताउनु भएको छ । उहाँले सरकार चुनाव नगराउने रणनीतिमा हिँडेको समेत आरोप लगाउनु भएको छ ।

दलहरू लोकतन्त्रका सर्जक भएको हुँदा उनीहरूसँगको सहकार्यबिना शासकहरू अघि बढेको उहाँको भनाइ छ । ‘अचानक भुईंफुट्टा तत्त्वहरू सक्रिय भए । राजनीतिक निर्णय गर्न दलहरूलाई सहभागी गराइएन । अमुक ठाउँमा वार्ता गर्नुपर्ने ?,’ ओलीले भन्नु भयो,’यो सरकारका हरेक कदम असंवैधानिक छन् । देशलाई अनिश्चयको बाटोमा हिँडाउन खोजिएको छ । राष्ट्रिय शक्तिहरू एकजुट हुनुको विकल्प छैन ।’ उहाँले देशभित्रका लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा मिल्नुपर्ने बताँउनु भएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३

तिहार नजिकिँदा ३ महिनामै ३ अर्ब बाहिरियो

काठमाडौँ,१३ कार्तीक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसला (ड्राइफ्रुट्स) को किनमेल तीव्र बनेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै

झापामा हाउजी खेलेको आरोपमा सईसहित ४ सशस्त्र प्रहरी कारबाहीमा

झापा ,१३ कार्तीक। जुवाजन्य गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको सुरक्षा निकायका कर्मचारी नै विङ्गो (हाउजी) खेलमा सहभागी भएको पाइएपछि सशस्त्र प्रहरी बलले झापामा कार्यरत ४