नागरिकको सुरक्षाको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने भन्दै जिउधनको सुरक्षा आफैँले गर्नुपर्ने र त्यसको नेतृत्व एमालेले गर्ने

भक्तपुर,२३ असोज।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनस्र्थापनाको मुख्य माग लिएर अघि बढ्ने बताउनु भएको छ् । भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले असंवैधानिक सरकारले गरेका हरेक कार्य गलत भएको भन्दै देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन तत्काल संसद पुनस्र्थापना पहिलो सर्त भएको जिकिर गर्नु भएको छ।

 

‘फागुन २१ गते पर्खिने बेला छैन । मुलुक अघि बढाउनुपर्नेछ,’ ओलीले भन्नु भयो, ‘संसद पुनस्र्थापना बाहेक अन्य मान्य स्वीकारेर हिँडियो भने देश बर्बाद हुन्छ ।’

उहाँले नागरिकको शान्ति, सुरक्षाको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने भन्दै नागरिकको जिउधनको सुरक्षा आफैँले गर्नुपर्ने र त्यसको नेतृत्व एमालेले गर्ने बताउनु भएको छ । उहाँले सरकार चुनाव नगराउने रणनीतिमा हिँडेको समेत आरोप लगाउनु भएको छ ।

दलहरू लोकतन्त्रका सर्जक भएको हुँदा उनीहरूसँगको सहकार्यबिना शासकहरू अघि बढेको उहाँको भनाइ छ । ‘अचानक भुईंफुट्टा तत्त्वहरू सक्रिय भए । राजनीतिक निर्णय गर्न दलहरूलाई सहभागी गराइएन । अमुक ठाउँमा वार्ता गर्नुपर्ने ?,’ ओलीले भन्नु भयो,’यो सरकारका हरेक कदम असंवैधानिक छन् । देशलाई अनिश्चयको बाटोमा हिँडाउन खोजिएको छ । राष्ट्रिय शक्तिहरू एकजुट हुनुको विकल्प छैन ।’ उहाँले देशभित्रका लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा मिल्नुपर्ने बताँउनु भएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हटाइयो सिरहाको गोलबजारमा कफ्र्यू

काठमार्डौं,१७ साउन। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कफ्र्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा

किसान नेता तुलसीलाल र भीमदत्तको विरासत अघि बढाऔँः ओली

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद

गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने

इतिहास र अग्रजको सम्मान नयाँ पुस्ताले गर्नुपर्छ : माधव नेपाल

काठमाडौं,१७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन