मोरङमा मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना,एकको मृत्यु दुई जना घाइते

मोरङ,२३ असोज। मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार बिहानका राति ३ जना सवार मोटरसाइकल दुर्घटनामा परेका हुन् । दुर्घटनामा मोटरसाइकल चालक विराटनगर –६ का ३५ वर्षीय हरिओम राजवंशीको मृत्यु भएको छ ।

 

गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले बताएको छ । घाइते भएका अन्य दुई जनालाई कोशीबाट थप उपचारका लागि विराट नर्सिङ होम रेफर गरिएको प्रहरीले जनाएको छ । घाइते दुवैको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०४–००२ प ०४६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति १ बजेतिर दुर्घटनामा परेको प्रहरीले बताएको छ । मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा ३ जना घाइते भएका थिए ।

ट्राफिक नियम उल्लंघन गर्दै ३ जना चढेर कुदाइएको मोटरसाइकल तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ, २० वैशाख । सरकारले विद्यालय क्षेत्रको सुधारका लागि सङ्घ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा

बालेन युगमा रामराज्य हुन्छ भन्नेहरु नै अहिले सरकारको पारा देखेर राम राम भन्न थालिसके : प्रभु साह

सिराहा, २० बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार र यसका नेतृत्वले विधि मासेर बल र संविधान छलेर सेनाको बलमा

स्वार्थपूर्तिका लागि होइन, कानुनी अड्चन फुकाउन अध्यादेश

काठमाडौँ,२० वैशाख । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सरकारले जारी गरेको अध्यादेशबारे प्रष्टीकरण दिनु भएको छ। सरकारले ल्याएको अध्यादेशबारे विभिन्न टीकाटिप्पणी भएपछि

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ

मोरङ,२० वैशाख । स्रोत नखुलेको रु २६ लाख ९८ हजार सहित एक भारतीय नागरिक सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   शनिबार

लागू औषध र जबरजस्ती करणीका मुद्दाको न्यायिक पद्धतिमा सुधारको पर्खाई

लागू औषध र जबरजस्ती करणी जस्ता मुद्दाहरूमा न्याय सम्पादन गर्दा राज्य केवल ‘सजायमुखी’ मात्र हुनु हुँदैन। फरेन्सिक जाँच जस्ता प्राविधिक पक्षलाई सुदृढ बनाई समयमै प्रतिवेदन आउने वातावरण बनाउनु पर्छ ताकि मुद्दाको चाङ कम होस् र वास्तविक पीडितले छिटो न्याय पाओस्।

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट