बिर्तामोड किसनभिट्टास्थित एक घरमा जुवातास खेल्दै गरेको अवस्थामा ११ जनालाई पक्राउ

जुवा तथा सट्टेबाजीसम्बन्धी क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालयको प्रतिबद्धता

झापा,२४ असोज ।जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड नगरपालिका–८ किसनभिट्टास्थित एक घरमा जुवातास खेल्दै गरेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ।

 

प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा मंगलबार राति करिब १० बजेतिर ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा पुगेको टोलीले जुवा जन्य तास खेलिरहेका ११ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये घरधनी उप्रेती स्वयं पनि रहेका छन्।

 

प्रहरीले घटनास्थलबाट ५२ पत्ता ९एक बुक० तास, नगद दुई लाख पन्ध्र हजार पाँच सय पचास रुपैयाँ र नौ थान मोबाइल फोन बरामद गरेको जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालयले जुवा तथा सट्टेबाजीसम्बन्धी क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै यस प्रकारका गैरकानूनी क्रियाकलाप विरुद्ध निरन्तर अभियान जारी राखेको जनाएको छ।

एआइ तस्बीर

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित