जेनेरिक औषधि सिफारिस गर्दा ठूला अक्षर प्रयोग गर्न चिकित्सकहरूलाई निर्देशन

अस्पतालमा दैनिक हजारौं बिरामी आउने हुँदा, यो निर्णयले स्वास्थ्य सेवा प्रणालीलाई सहज बनाउने

काठमाडौँ,२४ असोज । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले आफ्ना चिकित्सकहरूलाई बिरामीलाई ‘जेनेरिक’ औषधि अनिवार्य रूपमा ठुला (क्यापिटल) अक्षरमा लेखेर सिफारिस गर्न निर्देशन दिएको जनाएको छ ।

 

अस्पतालमा औषधि सिफारिस गर्दा अब डाक्टरहरूले क्यापिटल लेटर वा ठुला अक्षरमा लेख्नुपर्ने भएको हो । यो निर्णय डाक्टरहरूले हतारमा लेख्दा औषधिको नाम बुझ्न गाह्रो हुने, बिरामीको स्वास्थ्यमा जोखिम आउने र फार्मेसीलाई पनि औषधि चिन्ने समस्या हुने भएकाले यस्तो निर्देशन दिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रायले बताउनु भयो ।

यसले गर्दा डाक्टरहरूलाई औषधि लेख्न अलि बढी समय लाग्ने भए पनि, बिरामीले सही औषधि पाउने र समग्रमा स्वास्थ्य सेवा प्रणालीमा सहजता आउने उहाँको भनाइ छ ।

अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक शिक्षकहरूलाई नेपाल सरकार तथा डीन कार्यालयबाट निर्देशित नियम अनुसार बिरामीलाई औषधि सिफारिस गर्दा ‘जेनेरिक’ नाम ठुला अक्षरमा लेख्न निर्देशन दिएको उहाँले बताउनु भयो ।

‘टिचिङ अस्पतालमा ठुलो संख्यामा बिरामी उपचारका लागि आउने भएकाले डाक्टरहरू कामको प्रेसर हुन्छन्, ।’ उहाँले भन्नु भयो, ‘कहिलेकाहीँ हतारमा औषधि प्रेकिप्सन गर्दा फामेर्सीवालालाई औषधिको नाम बुझ्न समय लाग्न सक्छ त्यसैले क्यापिटल लेटर लेखन भनिएको हो ।’

टिचिङ अस्पतालमा दैनिक ओपिडीमा दैनिक २५०० देखि ३००० बिरामी आउँने गर्द छन् । आकस्मिक (इमरजेन्सी) कक्षमा दैनिक १५५ देखि १६० जना बिरामी उपचारका लागि आउने र्गछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३

तिहार नजिकिँदा ३ महिनामै ३ अर्ब बाहिरियो

काठमाडौँ,१३ कार्तीक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसला (ड्राइफ्रुट्स) को किनमेल तीव्र बनेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै

झापामा हाउजी खेलेको आरोपमा सईसहित ४ सशस्त्र प्रहरी कारबाहीमा

झापा ,१३ कार्तीक। जुवाजन्य गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको सुरक्षा निकायका कर्मचारी नै विङ्गो (हाउजी) खेलमा सहभागी भएको पाइएपछि सशस्त्र प्रहरी बलले झापामा कार्यरत ४