कांग्रेसको विशेष महाधिवेशन माग गर्न ५० प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षर गरे

काठमाण्डौं,२४ असोज।नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्न ५० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको स्रोतले जनाएको छ । १४ औं महाधिवेशनका ४७४३ जना महाधिवेशन प्रतिनिधि रहेकोमा त्यसको आधाले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गरेका छन्। विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरे कारण खुलाएर विशेष महाधिवेशन माग गर्न सक्छन्।

 

‘विशेष महाधिवेशन माग्न हस्ताक्षर गर्नेहरू ५० प्रतिशत पुगिसके,’ स्रोतले भन्यो, ‘जिल्ला–जिल्लाबाट प्राप्त हस्ताक्षर केन्द्रीकृत गर्ने काम भइरहेको बताएको छ।’ विशेष महाधिवेशन माग्न देशैभर हस्ताक्षर अभियान चलेपछि सभापति शेरबहादुर देउवा निकट पार्टी पदाधिकारीहरू दबाबमा रहेका छन्। सभापति देउवानिकट नेताहरूले विशेष महाधिवेशन नभई नियमित महाधिवेशन गर्नुपर्ने बताउन थालेका हुन्।

 

महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्ने प्रयोजनका लागि हस्ताक्षर गर्नुअघिसम्म देउवानिकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरू यो केन्द्रीय समितिको म्याद एक वर्षसम्म थप गर्ने गृहकार्यमा रहेका थिए। भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेसमा नीति र नेतृत्व परिवर्तनको माग उठि रहेको छ। पार्टी रूपान्तरण नगरेसम्म चुनाव फेस गर्न गाह्रो हुने नेताहरू बताँउ छन्।

 

अहिले जिल्ला–जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आएर हस्ताक्षर बुझाउने काम भहिरहेको छ्। कांग्रेस गोरखाले पनि शरक्रबार विशेष महाधिवेशन प्रयोजनका लागि हस्ताक्षर बुझाएको छ। सभापति नन्दप्रसाद न्यौपानेले गोरखाका ५१ जना महाधिवेशन प्रतिनिधिमध्ये ४२ जनाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको जानकारी दिनु भयो।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला पक्षका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर अभियान चलाएका छन्। विशेष महाधिवेशनका पक्षमा नेता शेखरले मुख नखोल्दा उहाँ निकट महाधिवेशन प्रतिनिधिहरू भने बाँडिएका छन– कसैले हस्ताक्षर गरेका छन् त कसैले हस्ताक्षर गरेका छैनन्। महामन्त्री थापा र शर्मानिकट महाधिवेशन प्रतिनिधिहरूले नेता शेखर कोइराला पक्षका महाधिवेशन प्रतिनिधिहरूको पूरा साथ र सहयोग नपाइएको गुनासो गरेका हुन्। नेता शेखर भने नियमित महाधिवेशन पक्षमा रहेका छन्।

महामन्त्रीद्वय थापा र शर्मा पनि मंसिरमै नियमित महाधिवेशनका पक्षमा रहेका छन्। तर मंसिरमा नियमित महाधिवेशन गर्न सभापति देउवा पक्ष तयार नभएका खण्डमा विशेष महाधिवेशन गर्ने पक्षमा महामन्त्रीद्वय भएका छन्। ‘विशेष महाधिवेशन बोलाउन गरिएको हस्ताक्षरको बलले देउवा पक्ष नियमित महाधिवेशन गर्न सकिन्छ भन्नेमा आइपुगेको छ,’ एक पदाधिकारीले भन्नु भयो, ‘नियमित महाधिवेशन मंसिरभित्रै गर्न तयार नहुने हो भने विशेष महाधिवेशनतर्फ पार्टी अघि बढ्छ, हस्ताक्षर ५० प्रतिशत पुगिसकेको छ।’

असोज २६ देखि सुरू हुने केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी भएको छ। महामन्त्री गगन थापाले यो केन्द्रीय समितिको म्याद थप गर्ने प्रस्ताव आफूले केन्द्रीय समितिमा नलैजाने बताउनु भएको छ्। २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवाले ६०, नेता शेखर कोइरालाले ४० प्रतिशत र महामन्त्री पदमा गगन थापाले ६४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मत पाउनु भएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३

तिहार नजिकिँदा ३ महिनामै ३ अर्ब बाहिरियो

काठमाडौँ,१३ कार्तीक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसला (ड्राइफ्रुट्स) को किनमेल तीव्र बनेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै

झापामा हाउजी खेलेको आरोपमा सईसहित ४ सशस्त्र प्रहरी कारबाहीमा

झापा ,१३ कार्तीक। जुवाजन्य गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको सुरक्षा निकायका कर्मचारी नै विङ्गो (हाउजी) खेलमा सहभागी भएको पाइएपछि सशस्त्र प्रहरी बलले झापामा कार्यरत ४