कांग्रेसको विशेष महाधिवेशन माग गर्न ५० प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षर गरे

काठमाण्डौं,२४ असोज।नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्न ५० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको स्रोतले जनाएको छ । १४ औं महाधिवेशनका ४७४३ जना महाधिवेशन प्रतिनिधि रहेकोमा त्यसको आधाले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गरेका छन्। विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरे कारण खुलाएर विशेष महाधिवेशन माग गर्न सक्छन्।

 

‘विशेष महाधिवेशन माग्न हस्ताक्षर गर्नेहरू ५० प्रतिशत पुगिसके,’ स्रोतले भन्यो, ‘जिल्ला–जिल्लाबाट प्राप्त हस्ताक्षर केन्द्रीकृत गर्ने काम भइरहेको बताएको छ।’ विशेष महाधिवेशन माग्न देशैभर हस्ताक्षर अभियान चलेपछि सभापति शेरबहादुर देउवा निकट पार्टी पदाधिकारीहरू दबाबमा रहेका छन्। सभापति देउवानिकट नेताहरूले विशेष महाधिवेशन नभई नियमित महाधिवेशन गर्नुपर्ने बताउन थालेका हुन्।

 

महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्ने प्रयोजनका लागि हस्ताक्षर गर्नुअघिसम्म देउवानिकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरू यो केन्द्रीय समितिको म्याद एक वर्षसम्म थप गर्ने गृहकार्यमा रहेका थिए। भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेसमा नीति र नेतृत्व परिवर्तनको माग उठि रहेको छ। पार्टी रूपान्तरण नगरेसम्म चुनाव फेस गर्न गाह्रो हुने नेताहरू बताँउ छन्।

 

अहिले जिल्ला–जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आएर हस्ताक्षर बुझाउने काम भहिरहेको छ्। कांग्रेस गोरखाले पनि शरक्रबार विशेष महाधिवेशन प्रयोजनका लागि हस्ताक्षर बुझाएको छ। सभापति नन्दप्रसाद न्यौपानेले गोरखाका ५१ जना महाधिवेशन प्रतिनिधिमध्ये ४२ जनाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको जानकारी दिनु भयो।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला पक्षका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर अभियान चलाएका छन्। विशेष महाधिवेशनका पक्षमा नेता शेखरले मुख नखोल्दा उहाँ निकट महाधिवेशन प्रतिनिधिहरू भने बाँडिएका छन– कसैले हस्ताक्षर गरेका छन् त कसैले हस्ताक्षर गरेका छैनन्। महामन्त्री थापा र शर्मानिकट महाधिवेशन प्रतिनिधिहरूले नेता शेखर कोइराला पक्षका महाधिवेशन प्रतिनिधिहरूको पूरा साथ र सहयोग नपाइएको गुनासो गरेका हुन्। नेता शेखर भने नियमित महाधिवेशन पक्षमा रहेका छन्।

महामन्त्रीद्वय थापा र शर्मा पनि मंसिरमै नियमित महाधिवेशनका पक्षमा रहेका छन्। तर मंसिरमा नियमित महाधिवेशन गर्न सभापति देउवा पक्ष तयार नभएका खण्डमा विशेष महाधिवेशन गर्ने पक्षमा महामन्त्रीद्वय भएका छन्। ‘विशेष महाधिवेशन बोलाउन गरिएको हस्ताक्षरको बलले देउवा पक्ष नियमित महाधिवेशन गर्न सकिन्छ भन्नेमा आइपुगेको छ,’ एक पदाधिकारीले भन्नु भयो, ‘नियमित महाधिवेशन मंसिरभित्रै गर्न तयार नहुने हो भने विशेष महाधिवेशनतर्फ पार्टी अघि बढ्छ, हस्ताक्षर ५० प्रतिशत पुगिसकेको छ।’

असोज २६ देखि सुरू हुने केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी भएको छ। महामन्त्री गगन थापाले यो केन्द्रीय समितिको म्याद थप गर्ने प्रस्ताव आफूले केन्द्रीय समितिमा नलैजाने बताउनु भएको छ्। २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवाले ६०, नेता शेखर कोइरालाले ४० प्रतिशत र महामन्त्री पदमा गगन थापाले ६४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मत पाउनु भएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित