जग्गाको स्रेस्ता कायम प्रक्रिया सरल बनाउँदै सरकार

आगलागीबाट क्षति भएका लालपुर्जाको पुनः स्थापनाका लागि नयाँ व्यवस्था

काठमाडौँ,२५ असोज। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेका मालपोत कार्यालयहरूमा नष्ट भएका लालपुर्जा तथा जग्गासम्बन्धी अभिलेखहरूको स्रेस्ता पुनः कायम गर्ने प्रक्रिया सरकारले सरल बनाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त प्रक्रिया सहज बनाउन निर्देशन दिएको छ।

 

मन्त्रालयका अनुसार, जग्गाधनीसँग सक्कल लालपुर्जा वा अन्य कागजात भएमा प्रणालीमा अभिलेख मिलाएर स्रेस्ता प्रिन्ट गरी प्रमाणित गर्ने व्यवस्था गरिएको छ। यदि प्रणालीमा फरक देखिएमा ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (म्ःक्)’ को अभिलेखसँग तुलना गरिनेछ। अभिलेख मिल्ने अवस्थामा विवरण अद्यावधिक गरी नयाँ स्रेस्ता तयार गरिनेछ।नापी कार्यालयको फिल्डबुक, प्लट रजिस्टर, स्थानीय तहको मालपोत लगत, मालपोत वा सम्पत्ति कर बुझाएको रसिद आदिलाई आधार मानी पनि स्रेस्ता कायम गर्न सकिनेछ। अभिलेख नभेटिएको अवस्थामा, बैंक, अदालत वा सरकारी निकायमा पेस गरिएका प्रमाणित प्रतिलिपि र स्थानीय तहको सिफारिसका आधारमा विवरण अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ।

 

जानीजानी गलत विवरण पेस गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिँदै सम्बन्धित जग्गाधनीबाट कबुलियतनामा गराएर मात्रै नयाँ स्रेस्ता कायम गरिनेछ।रोक्का अभिलेखको हकमा, प्रणालीमा रहेका पुराना विवरण साविक गाविसअनुसार प्रिन्ट गरी नयाँ रोक्का किताब तयार पार्नुपर्नेछ। साथै, संवैधानिक निकाय, बैंक तथा अदालतहरूबाट रोक्का सम्बन्धी विवरण संकलन गरी भिडान गरिनेछ। विभागले काठमाडौँ, चितवन, मोरङ, कास्की, दाङ, रुपन्देही, कैलाली र बाँकेसहितका प्रभावित मालपोत कार्यालयहरूलाई सेवा सरल र सहज बनाउन एकसाथ परिपत्र जारी गरेको छ।आन्दोलनका क्रममा देशभर ६ वटा मालपोत कार्यालय पूर्ण रूपमा र १४ वटा आंशिक रूपमा क्षति भएको थियो। अनुमानित १० लाख लालपुर्जाको ढड्डा जलेको छ। हाल ती कार्यालयहरू आंशिक रूपमा सेवा प्रवाह गरिरहेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित