पथरी शनिश्चरेमा नौमती बाजाको प्रवर्द्धनमा संरक्षण समिति

तिहारमा नौमती बाजा बजाएर देउसीको तयारी

पथरी, २६ असोज / मोरङको पथरी शनिश्चरेमा नौमती बाजाको प्रवर्द्धनका लागि संरक्षण समिति खडा भएको छ ।

 

वडा नम्बर ३ को आदर्श टोलमा रहेको पाथीभरा महिला नौमती बाजा समूहको नौमती बाजा संरक्षण तथा प्रवर्द्धनको अभियानमा सघाउन नगरस्तरीय ‘पाथीभरा महिला नौमती बाजा संरक्षण समिति’ खडा गरिएको छ । समूह मातहत रहने गरी पछि सदस्य थप गर्दै जान २५ सदस्यीय समितिको नामावली समूहको प्रथम साधारणसभाको अवसरमा प्रस्ताव गरिएको थियो । पञ्चायत माविमा आइतबार बसेको समूहको भेलाले संयोजकमा युवराज बास्कोटा यज्ञ र सचिवमा घनश्याम भट्टराईलाई चयन गरेको छ । सदस्यहरुमा यमुना बिष्ट बास्तोला, डम्बरबहादुर चेम्जोङ, नवीन कार्की, लोककिरण न्यौपाने, पार्थबहादुर बुढाथोकी, सरोजा खड्गी, निर्मला गदाल, पर्शुराम न्यौपाने, प्रकाशबहादुर कार्की, राजकुमार गेलाल, घनश्याम अधिकारी, होमनाथ बराल, चुडाकर्ण तुम्बापो, निर्मला चौहान, भूमिप्रसाद पाठक, छविराज ढकाल, चिरञ्जीवी गौतम, कमलबहादुर पाठक, अर्जुन खत्री, इन्द्रप्रसाद गौतम, आइतमाया तुम्बापो, निर्मल कटुवाल, पार्वता गेलाल, मीना खड्का रहनु भएको छ ।

नौमती बाजा बजाएर देउसी भैली खेलिने
भेलाले यस वर्षको दीपावलीमा नौमती बाजा बजाएर सामूहिक देउसी भैली खेल्ने योजना पारित गरेको छ । स्थानीय भजन किर्तन समूहसँगको सहकार्यमा देउसीभैली सञ्चालन अझ प्रभावकारी बन्ने समितिले समूहलाई सुझाव दिएको छ । संरक्षण समिति र मूल समूहको सहकार्यमा संस्थाले नौमती बाजाको अवधारणापत्र तय गरी देउसीभैलीको सन्दर्भ जोडेर संस्कृति संरक्षणमा फराकिलो योजना बनाइएको छ । अरु बेला नियमित बाजा बजाउने निमन्त्रणा गर्ने परिवारका मुलीलाई संस्थाको सदस्यका रुपमा राख्न समितिले सुझाव दिएको छ ।

 

समूहको नौमती बाजा संरक्षणमा महिला समूहको सक्रियताप्रति स्थानीयले ऐक्यवद्धता जाहेर गरेका छन् ।
तेजमाया कार्की अध्यक्ष रहेको समूह १ वर्ष अघि स्थापित भएर तालिम लिएपछि विहेबटुलोमा नौमती बाजा बजाएर लोप हुन लागेको मौलिक बाजाको संरक्षणमा महिलाहरुको भूमिकालाई नगरवासीले प्रशंसनीय काम ठानेको सर्जक लक्ष्मीप्रसाद फूयालले जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित