पथरी शनिश्चरेमा नौमती बाजाको प्रवर्द्धनमा संरक्षण समिति

तिहारमा नौमती बाजा बजाएर देउसीको तयारी

पथरी, २६ असोज / मोरङको पथरी शनिश्चरेमा नौमती बाजाको प्रवर्द्धनका लागि संरक्षण समिति खडा भएको छ ।

 

वडा नम्बर ३ को आदर्श टोलमा रहेको पाथीभरा महिला नौमती बाजा समूहको नौमती बाजा संरक्षण तथा प्रवर्द्धनको अभियानमा सघाउन नगरस्तरीय ‘पाथीभरा महिला नौमती बाजा संरक्षण समिति’ खडा गरिएको छ । समूह मातहत रहने गरी पछि सदस्य थप गर्दै जान २५ सदस्यीय समितिको नामावली समूहको प्रथम साधारणसभाको अवसरमा प्रस्ताव गरिएको थियो । पञ्चायत माविमा आइतबार बसेको समूहको भेलाले संयोजकमा युवराज बास्कोटा यज्ञ र सचिवमा घनश्याम भट्टराईलाई चयन गरेको छ । सदस्यहरुमा यमुना बिष्ट बास्तोला, डम्बरबहादुर चेम्जोङ, नवीन कार्की, लोककिरण न्यौपाने, पार्थबहादुर बुढाथोकी, सरोजा खड्गी, निर्मला गदाल, पर्शुराम न्यौपाने, प्रकाशबहादुर कार्की, राजकुमार गेलाल, घनश्याम अधिकारी, होमनाथ बराल, चुडाकर्ण तुम्बापो, निर्मला चौहान, भूमिप्रसाद पाठक, छविराज ढकाल, चिरञ्जीवी गौतम, कमलबहादुर पाठक, अर्जुन खत्री, इन्द्रप्रसाद गौतम, आइतमाया तुम्बापो, निर्मल कटुवाल, पार्वता गेलाल, मीना खड्का रहनु भएको छ ।

नौमती बाजा बजाएर देउसी भैली खेलिने
भेलाले यस वर्षको दीपावलीमा नौमती बाजा बजाएर सामूहिक देउसी भैली खेल्ने योजना पारित गरेको छ । स्थानीय भजन किर्तन समूहसँगको सहकार्यमा देउसीभैली सञ्चालन अझ प्रभावकारी बन्ने समितिले समूहलाई सुझाव दिएको छ । संरक्षण समिति र मूल समूहको सहकार्यमा संस्थाले नौमती बाजाको अवधारणापत्र तय गरी देउसीभैलीको सन्दर्भ जोडेर संस्कृति संरक्षणमा फराकिलो योजना बनाइएको छ । अरु बेला नियमित बाजा बजाउने निमन्त्रणा गर्ने परिवारका मुलीलाई संस्थाको सदस्यका रुपमा राख्न समितिले सुझाव दिएको छ ।

 

समूहको नौमती बाजा संरक्षणमा महिला समूहको सक्रियताप्रति स्थानीयले ऐक्यवद्धता जाहेर गरेका छन् ।
तेजमाया कार्की अध्यक्ष रहेको समूह १ वर्ष अघि स्थापित भएर तालिम लिएपछि विहेबटुलोमा नौमती बाजा बजाएर लोप हुन लागेको मौलिक बाजाको संरक्षणमा महिलाहरुको भूमिकालाई नगरवासीले प्रशंसनीय काम ठानेको सर्जक लक्ष्मीप्रसाद फूयालले जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका