चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

 

 

इलाम/

इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको भन्दै अर्थ मन्त्रालयले चासो देखाएपछि सडक निर्माण क्षेत्रमा प्रहरीले सुरक्षा दिन थालेको छ ।

निजी जमिनमा जानका लागि सडक निर्माण गर्दा चिया बगानको जमिन प्रयोग गरिएको भन्दै स्थानीय युवाले विरोध सुरु गरेका छन् । निजी जमिनमा जाने सडकसमेत चियाबारी मासेर निर्माण भएपछि स्थानीय युवा र कन्याम चिया विकास निगमले उक्त सडक केही दिनअघि नै बन्द गरेको थियो । सडक बन्द गरे पनि जर्बजस्ती निर्माण गर्न खोजेको भन्दै सो क्षेत्रमा प्रहरी परिचालन गरिएको बताइएको छ ।

गएको माघ २४ गते अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई चिया बगान अतिक्रमण रोक्न सहयोग गर्न परिपत्र गरेको थियो । अर्थ मन्त्रालयकोे पत्रपछि गृह मन्त्रालयले जिल्लामा परिपत्र गरेको र जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय पशुपतिनगरलाई सुरक्षा मिलाउने जिम्मा दिएको बताइएको छ । इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार सरकारको परिपत्रअनुसार सुरक्षा गर्ने जिम्मा प्रहरीको हो । उनले तत्काल दुवै पक्षलाई उक्त स्थानमा कुनै गतिविधि नगर्न भनिएको जानकारी दिए ।

बगान व्यवस्थापन पक्षले पर्खाल लगाउने काम गरेको भए पनि स्थानीय तारा नेपालको नेतृत्वमा एक समूहले उक्त पर्खाल भत्काएको कन्याम चिया बगानका प्रबन्धक सचिन सुब्बाले जानकारी दिए । अर्थ मन्त्रालयले सूर्योदय नगरपालिकामा सडक निर्माण गर्दा १५ रोपनी र पाल्टागेमा व्यक्तिले १७ रोपनी जमिन अतिक्रमण गरेको बताइएको छ ।

विसं २०५४ मा तत्कालीन सरकारको अर्थ मन्त्रालयको निजीकरण शाखाले ५० वर्षका लागि कन्यामसहित इलाम र झापाका सात चिया बगान भारतको त्रिवेणी सङ्घाई ग्रुपलाई भाडामा दिएको थियो । कन्याममा मात्र चिया बगानको करिब २० हेक्टर जमिन रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।