काँग्रेससँगको बार्ता छोडेर एमाले अध्यक्ष ओली पोखरामा

 

 

 

काठमाडौं /

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेका छन् । ओली दिउँसो २ बजेको उडानबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभामा पेस अमेरिकी सहायता सम्झौता अनुमोदनमा सत्ता गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले साथ नदिने भएपछि प्रधानमन्त्री देउवाले एमालेको सहयोग खोजिरहेका छन् ।

यता आजको संसद बैठकसमेत सर्न सक्ने सम्भावनासमेत बढ्दै गएको छ । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच हिजो जस्तै बेलुकी छलफल हुनसक्ने स्रोतले जनाएको छ ।

काँग्रेससँगको बार्ता छोडेर अध्यक्ष ओली पोखरातिर

सत्ता गठवन्धन फुटाएर एमसीसी पास गर्ने रणनीतिमा लागेको नेकपा एमालेका अध्यक्ष केपी ओली पार्टी कार्यक्रममा सहभागी हुन आज पोखरा जाँदैछन् । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसँग शुक्रबार समेत बार्ता हुने चर्चा चलिरहेका बेला अध्यक्ष ओली विहान ११ बजे पोखरा जान लागेका हुन् ।

ओली दिउँसो २ बजे काठमाडौं फर्कने तय भएको छ । जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङसहित विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरु पनि आफ्नो पार्टीमा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले कास्कीले जनाएको छ । आज एमाले र नेपाली कांग्रेसका नेताहरुबीच बार्ता हुने बताइएको थियो ।

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाबीच एमसीसी सम्झौता अनुमोदनलगायतका विषयमा छलफल गरी निष्कर्ष निकालिने बताइए पनि अहिलेसम्म वार्ताबारे ठोस समय तय भएको छैन ।

एमालेले एमसीसी पास गर्न आफूहरु तयार रहेको तर त्यसअघि १४ सांसदको पद खारेजी वा सभामुख अग्नि सापकोटालाई हटाउने सर्त मान्नु पर्ने अडान लिएको छ । प्रधानमन्त्री देउवाले यो विषय सर्वोच्च अदालतमा विचाराधिन रहेकाले कुनै निर्णय अहिलेनै गर्न नसक्ने जवाफ दिएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री र प्रहरीको भूमिका माथि राष्ट्रियसभामा प्रश्न

काठमाडौं,९ भदौ । नेकपा (एमाले) का राष्ट्रियसभा सांसद सोमनाथ पोर्तेलले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्या प्रकरणमा गृहमन्त्री र प्रहरी प्रशासनबाटै अमानवीय र

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्काको पुरक निवेदन, ११ भदौमा पेसी

काठमान्डौ,९ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पुरक निवेदन

मुद्दा हारेपछि सर्वोच्चबाट हामफाल्ने प्रयास, सकुशल उद्धार

काठमाडौँ,९ भदौ । स्थित सर्वोच्च अदालतको पाँचौं तलाबाट हामफालेर आत्महत्या गर्ने प्रयास गरेका एक व्यक्तिको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। कारणः लालबहादुर राई नाम गरेका

जसपा नेपालद्वारा लुम्बिनीका तीन सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

काठमाडौँ,९ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टी निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्ने आफ्ना तीन प्रदेश सभा सदस्यहरूसँग २४ घण्टाभित्र पुनः स्पष्टीकरण

महिला ट्राफिक प्रहरी माथि हातपात गर्ने युवक बानेश्वरबाट पक्राउ

काठमाडौं , ९ भदौ। बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा बुझाए आँखाको स्वास्थ्य रिपोर्ट

काठमाडौँ,९ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाउनु भएको छ ।स्वास्थ्यमा देखिएको समस्याका