काँग्रेससँगको बार्ता छोडेर एमाले अध्यक्ष ओली पोखरामा

 

 

 

काठमाडौं /

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेका छन् । ओली दिउँसो २ बजेको उडानबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभामा पेस अमेरिकी सहायता सम्झौता अनुमोदनमा सत्ता गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले साथ नदिने भएपछि प्रधानमन्त्री देउवाले एमालेको सहयोग खोजिरहेका छन् ।

यता आजको संसद बैठकसमेत सर्न सक्ने सम्भावनासमेत बढ्दै गएको छ । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच हिजो जस्तै बेलुकी छलफल हुनसक्ने स्रोतले जनाएको छ ।

काँग्रेससँगको बार्ता छोडेर अध्यक्ष ओली पोखरातिर

सत्ता गठवन्धन फुटाएर एमसीसी पास गर्ने रणनीतिमा लागेको नेकपा एमालेका अध्यक्ष केपी ओली पार्टी कार्यक्रममा सहभागी हुन आज पोखरा जाँदैछन् । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसँग शुक्रबार समेत बार्ता हुने चर्चा चलिरहेका बेला अध्यक्ष ओली विहान ११ बजे पोखरा जान लागेका हुन् ।

ओली दिउँसो २ बजे काठमाडौं फर्कने तय भएको छ । जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङसहित विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरु पनि आफ्नो पार्टीमा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले कास्कीले जनाएको छ । आज एमाले र नेपाली कांग्रेसका नेताहरुबीच बार्ता हुने बताइएको थियो ।

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाबीच एमसीसी सम्झौता अनुमोदनलगायतका विषयमा छलफल गरी निष्कर्ष निकालिने बताइए पनि अहिलेसम्म वार्ताबारे ठोस समय तय भएको छैन ।

एमालेले एमसीसी पास गर्न आफूहरु तयार रहेको तर त्यसअघि १४ सांसदको पद खारेजी वा सभामुख अग्नि सापकोटालाई हटाउने सर्त मान्नु पर्ने अडान लिएको छ । प्रधानमन्त्री देउवाले यो विषय सर्वोच्च अदालतमा विचाराधिन रहेकाले कुनै निर्णय अहिलेनै गर्न नसक्ने जवाफ दिएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो