सुझाव थरी थरीका

दमक १० औ नगरसभाः दमकमा केपी ओली मेडिकल कलेज स्थापना देखी पटके कर खारेजी सम्मका सुझाव

दमक/
दमक नगरपापिलकाको १० औ नगरसभाको शुक्रबार सुभारम्भ भएको छ । दमक नगरपालकाको नव निर्मित सभाहलमा सुरु भएको नगरसभा आगामी २५ गते समापन हुने छ । शुक्रबार सुरु भएको नगरसभामा आर्थीक वर्ष २०७८/७९ को का लागि संसोधित पुरक बजेट पेष गरिएको छ । भने २ वटा विधेयक पनि दफाबार छलफलकालागि टेवुल भएका छन् । साथै विभिन्न समितीले गरेका कामको प्रतिवेदनपनि पेष भएका थिए । साथै नगरसभामा सभाधयक्षको सुभारम्भ सम्बोधनसगै सभाध्यक्षहरुले सभामा सुझाव पेष गरेका थीए ।

दमक नगरपालिका वडा नं ७ का वडा सदस्य धनेस्वर कार्कीले दमक अस्पतालको सेवाका बारेमा प्रश्न गर्नु भयो । पछिल्लो समय दमक अस्पतालमा सेवाग्राहिको भीड बढेको र सेवाग्राहिले सहजरुपमा सेवा पाउन नसकिरहेको गुनासो बढेकोले त्यसलाई व्यवस्थापन गर्न सुझाव दिनु भयो । यसकालागि दमकमा नै केपी ओली मेडिकल कलेज निर्माण गर्न पनि उहाँले प्रस्ताव अघि सार्नु भएको छ ।

यस्तै वडा नं ५ की वडासदस्य कृतिका भट्टराईले दिपिनी खोला व्यवस्थापनमा देखिएको उदासिनताको विषयलाई उठान गर्नु भएको थियो । वडा नं ९ का वडा सदस्य नरेश सुनुवारले चिया बगानमा काम गर्ने मजदुरको समस्याको बारेमा आफ्ना कुरा राख्नु भएको थियो । सुझाव राख्ने क्रममा वढा नं ७ का वडा सदस्य कमल उदासले पटके कर खारेज गर्न प्रस्ताव गर्नु भयो ।

प्राप्त सुझावका आधारमा नगरससभा अध्यक्ष तथा नगर प्रमुख रोमनाथ ओलीले सदस्यहरुबाट प्राप्त भएको सुझावलाई सम्वोधन गर्नु भएको थियो । अधिकांस सुझवालाई नगरको निती तथा कार्यक्रममा समावेश गरिएको र छुटेकाहरुलाई क्रमगत रुपमा अघि बढाउने उहाँले प्रतिवद्धता जनाउनु भयो ।

सभामा नगरकी उप प्रमुख गीता अधिकारीले आर्थीक वर्ष २०७८/७९ का लागि संसोधित पुरक बजेट पेष गर्नु भयो । यस अघि पेष भएको बजेटमा केन्द्र र प्रदेश सरकारले दिने अनुदानको रकम बढेकोले संसोधित पुरक बजेटको आकार बढेको उहाँले बताउनु भयो । आर्थीक वर्ष २०७८/७९ को कुल बजेट १ अर्व ३८ करोड ४५ लाख ९९ हजारबाट बढेर १ अर्व ६२ करोड ६५ लाख ६५ हजार कायम भएको उहाँले जानकारी दिनुभयो ।

१० औ नगरसभामा स्थानीय उद्योग प्रर्वधन विधयेक २०७८ र बस्ती विकास तथा जग्गा एकिकरण विधयेक २०७८ पेष भएको थियो । न्यायीक समिती, अनुगमन समिती, लेखा समिती, विधायन समिती र वेरुजु फर्छौट समिती, पूर्वाधार समिती , आर्थीक समिती र बजार अनुगमन समितीका प्रतिवेदनपनि सार्वजनिक गरिएको थियो ।

विधयेक र संसोधित पुरक बजेट अध्ययन गरेर फागनु १८ गते भित्रमा लिखित सुझाव राख्न नगरसभासदस्यहरुलाई समयसिमा तोकीएको छ । सुझावका आधारमा शुक्रबार पेष भएका विधयेक र पुरक बजेट फागुन २५ गते पारित गरिने प्रमुख प्रशाषकिय अधिकृत गणेश कुमार तिम्सिनाले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप

वर्तमान सरकारको नीति जनविरोधी र श्रमिकमारा छः कुलमान घिसिङ

रामेछाप,१३ असार । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाउनु भएको छ । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा