सुझाव थरी थरीका

दमक १० औ नगरसभाः दमकमा केपी ओली मेडिकल कलेज स्थापना देखी पटके कर खारेजी सम्मका सुझाव

दमक/
दमक नगरपापिलकाको १० औ नगरसभाको शुक्रबार सुभारम्भ भएको छ । दमक नगरपालकाको नव निर्मित सभाहलमा सुरु भएको नगरसभा आगामी २५ गते समापन हुने छ । शुक्रबार सुरु भएको नगरसभामा आर्थीक वर्ष २०७८/७९ को का लागि संसोधित पुरक बजेट पेष गरिएको छ । भने २ वटा विधेयक पनि दफाबार छलफलकालागि टेवुल भएका छन् । साथै विभिन्न समितीले गरेका कामको प्रतिवेदनपनि पेष भएका थिए । साथै नगरसभामा सभाधयक्षको सुभारम्भ सम्बोधनसगै सभाध्यक्षहरुले सभामा सुझाव पेष गरेका थीए ।

दमक नगरपालिका वडा नं ७ का वडा सदस्य धनेस्वर कार्कीले दमक अस्पतालको सेवाका बारेमा प्रश्न गर्नु भयो । पछिल्लो समय दमक अस्पतालमा सेवाग्राहिको भीड बढेको र सेवाग्राहिले सहजरुपमा सेवा पाउन नसकिरहेको गुनासो बढेकोले त्यसलाई व्यवस्थापन गर्न सुझाव दिनु भयो । यसकालागि दमकमा नै केपी ओली मेडिकल कलेज निर्माण गर्न पनि उहाँले प्रस्ताव अघि सार्नु भएको छ ।

यस्तै वडा नं ५ की वडासदस्य कृतिका भट्टराईले दिपिनी खोला व्यवस्थापनमा देखिएको उदासिनताको विषयलाई उठान गर्नु भएको थियो । वडा नं ९ का वडा सदस्य नरेश सुनुवारले चिया बगानमा काम गर्ने मजदुरको समस्याको बारेमा आफ्ना कुरा राख्नु भएको थियो । सुझाव राख्ने क्रममा वढा नं ७ का वडा सदस्य कमल उदासले पटके कर खारेज गर्न प्रस्ताव गर्नु भयो ।

प्राप्त सुझावका आधारमा नगरससभा अध्यक्ष तथा नगर प्रमुख रोमनाथ ओलीले सदस्यहरुबाट प्राप्त भएको सुझावलाई सम्वोधन गर्नु भएको थियो । अधिकांस सुझवालाई नगरको निती तथा कार्यक्रममा समावेश गरिएको र छुटेकाहरुलाई क्रमगत रुपमा अघि बढाउने उहाँले प्रतिवद्धता जनाउनु भयो ।

सभामा नगरकी उप प्रमुख गीता अधिकारीले आर्थीक वर्ष २०७८/७९ का लागि संसोधित पुरक बजेट पेष गर्नु भयो । यस अघि पेष भएको बजेटमा केन्द्र र प्रदेश सरकारले दिने अनुदानको रकम बढेकोले संसोधित पुरक बजेटको आकार बढेको उहाँले बताउनु भयो । आर्थीक वर्ष २०७८/७९ को कुल बजेट १ अर्व ३८ करोड ४५ लाख ९९ हजारबाट बढेर १ अर्व ६२ करोड ६५ लाख ६५ हजार कायम भएको उहाँले जानकारी दिनुभयो ।

१० औ नगरसभामा स्थानीय उद्योग प्रर्वधन विधयेक २०७८ र बस्ती विकास तथा जग्गा एकिकरण विधयेक २०७८ पेष भएको थियो । न्यायीक समिती, अनुगमन समिती, लेखा समिती, विधायन समिती र वेरुजु फर्छौट समिती, पूर्वाधार समिती , आर्थीक समिती र बजार अनुगमन समितीका प्रतिवेदनपनि सार्वजनिक गरिएको थियो ।

विधयेक र संसोधित पुरक बजेट अध्ययन गरेर फागनु १८ गते भित्रमा लिखित सुझाव राख्न नगरसभासदस्यहरुलाई समयसिमा तोकीएको छ । सुझावका आधारमा शुक्रबार पेष भएका विधयेक र पुरक बजेट फागुन २५ गते पारित गरिने प्रमुख प्रशाषकिय अधिकृत गणेश कुमार तिम्सिनाले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।