सुन्दरहरैँचामा छोरीले गरे आमाको काजकिरीया

 

 

 

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा ४, बासबारीका दिपा खतिवडा, सुनिता खतिवडा र सपना खतिवडा (सिलवाल) ले आफ्नो दिबंगत आमाको सामुहिक काजकिरियामा बसेका छन ।
हिन्दु धर्म संस्कार अनुसार छोराले मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई टोडदै उनिहरु क्रिया बसेका हुन् । खतिवडा दिदिबहिनी कोभित्र किरिया बसेका छन् । आमालाई दागबत्ती दिने र किरिया बस्ने दिपा र सुनिता अविवाहित हुन् । अर्कि बहिनी सपना भने विवाहित भएकाले सामाजिक रिति अनुसारकै संस्कार मानिरहेकी छिन् ।

५५ बर्षिय आमा मनमाया ढकाल खतिवडाको असामयिक निधन भएपछी दुई दिदिबहिनीले क्रीया बसेको दिपा बताउछिन् । ‘सानो भाइ बोधराजको अल्पआयुमै मृत्यु भएपछी आफुहरु तीन छोरी मात्र रहेको र धर्ममा महिलालाइ क्रीया बस्न हुदैन भनेर रोक नलगाइएकोले मृतक आमालाई दागबत्ती दिइ क्रीया गरेका हौं’ दिपा भन्छिन । दिपा भन्छिन् ‘समाजमा छोरा नहुने परिवारहरुको हकमा दाइभाइ उनिहरुको छोरा र त्यो पनि नभए अन्यले काजक्रीया गर्ने संस्कार छ, तर हामी छोरीलाई त्यो अधिकार छैन त्यस्तो विभेद हामी स्विकार्दैनौ ।’

लिङ्गको आधारमा छोरा र छोरिहरुले पनि आफुलाइ जन्मदिने बुवाआमाहरुको रेखदेखका साथै मृत्युपछी गरिने संस्कारमा सहभागी हुन सक्छन भने उदाहरणको रुपमा आफुहरु क्रीया बसेको अर्कि छोरी सुनिता बताउछिन् । दिदीबहिनीको साहस देख्दा आमाको क्रीया गर्न विवाहित भएकाले नपाएको तर आफ्ना दिदीबहिनीको कदमबाट आफू गौरवान्वित भएको सपना बताउछिन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा