काठमाडौं– सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुट्का छन्। गत आइतबार प्रतिनिधि सभाबाट एमसीसी पारित भएपछि गठबन्धनका शीर्ष नेताहरु छलफलमा बसेका हुन्।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरु सहभागी भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
यसअघि हिजो प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेको थियो।गठबन्धनका नेताहरुबीच एमसीसी पास भएपछिको अवस्था, स्थानीय निर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम, सरकारलाई प्रभावकारी बनाउने, विभिन्न देशमा राजदूत नियुक्तिसम्बन्धी विषयमा बैठकमा छलफल हुने बताइएको छ।