सुपारी खेतीका बारेमा पहिलोपटक नेपाली भाषामा कृति प्रकाशित

 

झापा । सुपारी खेतीको बारेमा नेपाली भाषामा लेखिएको पहिलो कृतिको बुधबार धुलाबारीमा लोकार्पण गरिएको छ ।

सुपारी खेतीमा विद्यावारिधि गरेका डा. शरणकुमार रिजालको ‘नेपालमा सुपारी खेती तथा उद्योग’ नामक कृतिको लोकार्पण गरिएको हो । नेपाली मूलका भारतीय रिजालले प्रकाशित गरेको यो पुस्तकको लोकार्पण मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए ।

 

सुपारी जोन समिति झापाका अध्यक्ष नीलकण्ठ तिवारी प्रकाशक रहेको सो पुस्तकको लोकार्पण समारोहमा कृतिको समीक्षा साहित्यकार तथा शिक्षक ज्ञानेन्द्र ढुङ्गानाले गरेका थिए । ११८ पृष्ठको सो पुस्तकमा सुपारी खेती तथा उद्योगका विषयमा महत्वपूर्ण वर्णन गरिएको समीक्षक ढुङ्गानाले बताए ।

Share: