बूढानीलकण्ठमा एक युवकको हत्या, दुई जना पक्राउ

 

 

 

काठमाडौं लागुऔषधको विषयमा विवाद हुँदा बूढानीलकण्ठमा एक जनाको हत्या भएको छ। बूढानीलकण्ठ नगरपालिका–५ स्थित प्लटिङमा मृत भेटिएका जुम्लाका मानबहादुर राउतको लागुऔषधका कारण हत्या भएको पाइएको हो।

फागुन १६ गते उनको शव भेटिएको थियो। त्यसपछि अनुसन्धान सुरु गरेको प्रहरीले राउतको हत्या भएको जनाएको छ। हत्या आरोपमा दुई जनालाई पक्राउ गरिएको महानरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेहरुमा याकु चौधरी र करण पासवान छन्।

मजदुरी गर्दै आएका राउतको हत्याको कारण भने लागुऔषध रहेको प्रहरीले जनाएको छ। लागूऔषध ल्याइदिन्छु भनेर पैसा लगेर पनि नल्याइदिएपछि राउतको हत्या भएको पाइएको एसपी मैनालीले बताए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा