गोवा आगलागीमा मृत्यु भएका दुई झापाली युवाको शव नेपाल ल्याइयो

झापा, २५ मंसिर । चार दिनअघि भारतको गोवा आगलागीमा परी मृत्यु भएका दुई झापाली युवाको शव घर ल्याइएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो २ बजे भद्रपुर वडा न.५ स्थित मेची पुल हुँदै भारत गोवाको नाइट क्लबमा आगलागी हँुदा मृत्यु भएका भद्रपुर ३ गोलेचोक बस्ने २० वर्षीय सबिन वि.क. र कचनकवल २ बालुबारी बस्ने २१ वर्षीय सुदिप गुरुङको शव ल्याइएको छ।

दुबै जनाको डब्लुबी ३७५ एएफ३१५२ नम्बरको भारतीय एम्बुलेन्सद्वारा उनीहरुको आफन्तले शव अन्त्येष्टिको लागि बुझेर नेपाल ल्याएको झापा प्रहरीले बताएको छ । सुदिपको अन्त्येष्टि हिजै गरिएको र सविनको आज गरिने आफन्तले बताएका छन् ।

गत शनिवार मध्यरातमा गोवाको एक व्यस्त नाइट क्लबमा भएको आगलागीमा परी ती दुई झापाली युवाको मृत्यु भएको थियो।सुदीप होटेल मेनेजमेन्ट अध्ययनका लागि तिहारपछि गोवा गएका थिए ।

सविन केही वर्ष अघिदेखि सो नाइट क्लबमा सेफको रूपमा कार्यरत रहेको बुझिएको छ । सो घटनामा चार नेपालीसहित २५ जनाको मृत्यु भएको थियो । मृत्यु हुने अन्य दुई नेपालीको नाम र वतन अझै खुल्न सकेको छैन।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरी घटनालाई लिएर एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

काठमाडौं,१४ साउन । नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद

लघुवित्त पीडितसँग वार्ता गर्न सरकारद्वारा उच्चस्तरीय समिति गठन

काठमान्डौं, १४ साउन।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गरी उनीहरूका माग सम्बोधन गर्न उच्चस्तरीय वार्ता समिति गठन गर्नुभएको छ। बिहीबार बसेको मन्त्रिस्तरीय निर्णयबाट

सशस्त्रको भीषण आक्रमण, ९ जना प्रहरीको मृत्यु

पाकिस्तान। प्रहरी चौकीमाथि सशस्त्र समूहले गरेको भीषण आक्रमणमा नौ जना प्रहरीको मृत्यु भएको छ। सुरक्षा कारबाहीका क्रममा १५ जना आक्रमणकारी पनि मारिएका छन् भने दुवै

ई–पासपोर्टमा नयाँ प्रणाली लागू : सरकारको दाबी ठूलो, राहदानी विभागमा सास्ती उस्तै

काठमाडौँ ,१४ साउन । सरकारले हालसम्मकै धेरै डाटा ट्रान्सफर गरी नयाँ प्रणालीबाट दैनिक १५ सय ई–पासपोर्ट छाप्न सुरु गरेको दाबी गरे पनि सेवाग्राहीले पाउने सास्ती

कुमारी बैंकले बेच्दैछ २ लाख ५८ हजार कित्ता संस्थापक शेयर, आवेदनका लागि ३५ दिन

काठमाडौं,१४ साउन । कुमारी बैंक लिमिटेडले २ लाख ५८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार संस्थापक शेयर बिक्री

राजनीतिक रोटी सेक्न दुई समुदाय लडाउने काम बन्द गरौँ : सांसद मियाँ

काठमाडौं,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समिना मियाँले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज क्षेत्रमा भएको साम्प्रदायिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ । प्रतिनिधिसभा