कुमारी बैंकले बेच्दैछ २ लाख ५८ हजार कित्ता संस्थापक शेयर, आवेदनका लागि ३५ दिन

काठमाडौं,१४ साउन । कुमारी बैंक लिमिटेडले २ लाख ५८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता हाल कायम संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले बैंकले उनीहरूलाई आवेदन दिन आग्रह गरेको हो।
इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

आवेदन काठमाडौं नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय मा बुझाउनुपर्नेछ।
बैंकका अनुसार शेयरको मूल्य भने बिक्रेता संस्थापक शेयरधनीले तोकेको मूल्यअनुसार निर्धारण हुनेछ। तोकिएको समयभित्र हालका संस्थापक शेयरधनीबाट आवेदन नआएमा बैंकले अन्य प्रक्रिया अघि बढाउने जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन हुने

विराटनगर , असोज १०। कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ

झरीपछि खुलेको इलाम : चियाबारीमा थपियो प्राकृतिक रौनक

इलाम ,असोज १०। लगातार केही दिनदेखिको झरीका कारण अस्तव्यस्त बनेको इलामको मौसम अहिले खुलेको छ । वर्षा रोकिएसँगै शनिबार इलाम सदरमुकामसहित आसपासका क्षेत्रमा टलटलापुर घाम लागेको

काठमाडौं उपत्यकामा ट्राफिक नियम मिच्ने ६३ सवारीमाथि कारबाही

काठमाडौं , असोज १०। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६३ सवारीसाधनमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार

भोटेकोशीको महाविपत्ति : हजारौँ हताहत, भौतिक संरचना तहसनहस ; यस्तो छ क्षतिको पूर्ण विवरण

काठमाडौं , असोज १० । रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको छ । गत भदौ १० गते बिहान गएको अकल्पनीय बाढीको महाविपदबाट

गुल्मीको भार्सेमा १२ घण्टामा ११४ मिलिमिटर वर्षा, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं , असोज १०। पछिल्लो १२ घण्टामा गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाका अनुसार हाज बिहान ६ः३० बजेसम्म गुल्मी जिल्लाको भार्से

बाढी पूर्वानुमान महाशाखाको चेतावनी : नारायणी र दरमखोला सतर्कता तहमाथि, नदी किनार नजान आग्रह

काठमाडौं , असोज १०। नारायणी नदीको देवघाट, चितवन तथा दरमखोलाको वामीटक्सार, बागलुङस्थित जलमापन केन्द्रमा नदीको जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्दो