ख्रीष्टमसमा ‘गाउँ गाउँबाट उठ’ गीतको रौनक

दमक, ३ पुस । इसाइ धर्मका प्रवर्तन यशु ख्रीष्टको जन्मोत्सवलाई फरक तरिकाले मनाउन थालिएको छ । त्यो उदाहरण झापाको दमकस्थित इसाइ समाजको यो कार्यक्रम हो । जहाँ जनवादी गीत संगीतका रुपमा प्रयोग गरिएको श्याम तमोटको शब्दको रामेश र रायनहरुले गाएको ‘गाउँगाउँबाट उठ’ गीत गाएर नेपाललाई बनाउन फेरि सबै उठ्नु पर्ने सन्देश दिइएको छ ।

गोर्खा डिपार्टमेन्ट अगाडि सम्पन्न कार्यक्रमको सुरुवातकै क्रममा राष्ट्रप्रेमले भरिएको ‘यो मन त मेरो नेपाली हो’ गाएपछि ‘गाउँगाउँबाट उठ’ गाएर सहभागीमाझ उर्जा भर्ने काम भएको थियो ।

गीत र नृत्यका सांगीतिक प्रस्तुतिमा केन्द्रित कार्यक्रम ‘गौरादहको बजारैमा’ गीतमार्फत चिनिएका पुराना लोक गायक सीताराम ताजपुरियालाई सम्मान गरेर सृजना क्षेत्रको सम्मानमा जोडिएको छ । गायक ताजपुरियालाई नगद १५ हजार, दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिकाकी उप–प्रमुख रेगिना भट्टराई प्रसाईंले लोक गीतसंगीतले समाज, संस्कृति र पहिचान जोड्ने काम गरेको बताउँदै कलाकारको योगदान सधैं स्मरणीय रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख प्रसाईंकासाथै दमक नगर इसाई समाजका अध्यक्ष हेमन्त सुब्बा, पूर्व अध्यक्ष तथा ख्रीष्टमस विशेष शुभकामना आदान–प्रदान तथा सांगीतिक कार्यक्रमका संयोजक आकाश थुलुङ, सल्लाहकार राजकुमार राई लगायतले गायक ताजपुरियालाई सम्मान गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख वक्ताका रुपमा रेभ डाक्टर शामुयल संग्राम राईले यशु ख्रीष्ट र बाइबलका बारेमा प्रवचन दिनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी