झापा गोल्डकपः सातदोबाटो क्वार्टर फाइनलमा  

 

 

बिर्तामोड  टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । भर्खरै सम्पन्न ‘ए’ डिभिजन लिगमा जावलाखेलसँग व्यहोरेको हारको बदला सातदोबाटोले झापा गोल्डकपमा लिएको छ । लिगमा सातदोबाटोले जावलाखेलसँग २–० गोल अन्तरले पराजय व्यहोरेको थियो ।

टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका गोलरक्षक अभिषेक बरालले रोक्न सकेनन् । जावलाखेलका राजेन्द्र रावल र गौरव श्रेष्ठको प्रहार विपक्षी गोल रक्षक बरालले विफल गरेका थिए ।

सातदोबाटोका आकाश बुढामगर, प्रशान्त अवस्थी, कप्तान मानबहादुर तामाङ र विदेशी खेलाडी अजयी मार्टिनले टाइब्रेकरमा गोल गर्न सफल भए ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा भएको उद्घाटन खेलको तेस्रो मिनेटमै सातदोबाटोका लागि अजयी मार्टिनले गोल गरेका थिए । निरज चौधरीले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मार्टिनले ‘वान टच’ मा गोल गरे । खेलको १३ औँ मिनेटमा जावलाखेलले १–१ को बराबरी गर्यो । विदेशी खेलाडी निकोलस फर्नान्डेजको क्रसमा जुनियरले टिमको लागि व्यक्तिगत दोस्रो गोल गरे । खेलको ३५ औँ मिनेटमा जुनियरले दोस्रो गोल गर्दै खेललाई २–१ को अन्तरमा पुर्याए ।

पहिलो हाफ २–१ मा टुङ्गिए पनि दोस्रो हाफको आठौँ मिनेटमा सातदोबाटोका आशिष राईले गोल गर्दै खेल बराबरीमा पारे । निरज चौधरीको पासमा राईले जावलाखेलका गोल रक्षक ईश्वर गुरुङ बिट हँुदा गोल गर्न सफल भए । खेल अवधिभर दुवै टिमका खेलाडीले थप स्कोर निकाल्न खोजे पनि सफल हुन भने सकेका थिएनन् ।

खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा कुरा गर्दै जावलाखेलका प्रशिक्षक किशोर केसीले पूरा समय नखेलाउनु आयोजकको कमजोरी भएको बताए । उनले ९० मिनेट खेलेपछि समय थपेर खेलाउनु पर्नेमा आयोजकले ८० मिनेट खेलाएर सोझै टाइब्रेकरमा लगेको बताए ।

सातदोबाटोका प्रशिक्षक उज्वल मानन्धरले खेल अवधिमै जित निकाल्न खोजेको भए पनि त्यो सम्भव हुन नसक्नु टिमको कमजोरी भएको बताए । सातदोबाटोमा कोही स्टार प्लेयर नभएको जानकारी दिँदै सशक्त टिम भएका कारण यो प्रतियोगिताको टाइटल उचाल्नेमा आफू विश्वस्त रहेको मानन्धरले बताए ।

खेलको म्यान अफ दी म्याच सातदोबाटोका गोल रक्षक अभिषेक बराल घोषित भए । उनले नगद ९ हजार ९ सय ९९ नगद पाए । आज (आइतबार)को दोस्रो खेल नेपाल पुलिस क्लब नेपाल पुलिस क्लब र सङ्कटाबीच हुने आयोजकले जनाएको छ ।

३० फागुनसम्म हुने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पुरस्कार पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा नेपालका ८ र भारतका दुई क्लबको सहभागिता छ । पाँचौँ संस्करणको झापा गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे । झापा गोल्डकपका सदस्यसमेत रहेका ओलीले डोमालाल राजवंशी रङ्गशालाको विकास र खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले