फैसलाको लिखित पाएको छैन : वडा अध्यक्ष

भद्रपुरको वडा कार्यालयमा कांग्रेसले लगाएको ताला सेवाग्राहीले फुटाए

 

 

 

 

 

झापा  नेपाली कांग्रेसले भद्रपुर नगरपालिका ९ नम्बर वडा कार्यालयमा लगाएको ताला सेवाग्राहीले फुटाएका छन्। वडा अध्यक्ष शनिलाल राजवंशीलाई झापा जिल्ला अदालतले दोषी प्रमाणित गर्दासमेत वडाको काम कारबाही जारी राखेको भन्दै नेपाली कांग्रेसले शुक्रबार दिउँसो वडा कार्यालयमा तालाबन्दी गरेको थियो।

वडा कार्यालयमा ताला लागेपछि कार्यालयबाट प्रदान गरिने दैनिक कामकाज प्रभावित भएको भन्दै स्थानीय सेवाग्राहीहरूले आइतबार बिहान साढे १० बजे ताला फुटाएका हुन्। ताला फुटाएसँगै वडा कार्यालयबाट पुनः सेवा सुचारु भएको छ। वडा अध्यक्ष राजवंशी पनि वडा कार्यालय पुगेर सेवा प्रदान गरिरहेका छन्।

विदेशी नागरिकलाई अनधिकृत नेपाली नागरिकता प्रदान गर्ने कार्यमा संलग्न भएको प्रमाणसहित वडा अध्यक्ष राजवंशीलाई झापा जिल्ला अदालतले मङ्सिर १३ गते दोषी ठहर गर्दै कैद सजाय र जरिवाना तोकेर फैसला गरेको थियो। तर पनि वडाको कामकाजमा वडा अध्यक्ष राजवंशीले निरन्तरता दिइरहेका छन्।

यसैको विरोधमा कांग्रेसका ९ नम्बर वडा सभापति चेतनाथ भट्टराईको नेतृत्वमा गएका नेता तथा कार्यकर्ताहरूको टोलीले तालाबन्दी गरेको थियो। सम्मानित अदालतको आदेश पालना गरेर विधिको शासनमा रहनुपर्ने अवस्थाविपरीत वडा अध्यक्ष राजवंशीले काम कारबाही गर्नु अदालतमाथि अपमान भएको भन्दै तालाबन्दी गरिएको कांग्रेसका वडा सभापति भट्टराईले जानकारी दिए।

फैसलाको लिखित पाएको छैन : वडा अध्यक्ष

यता, वडा अध्यक्ष राजवंशीले अदालतको फैसला बारेमा कहीँ कतैबाट आफूलाई लिखित प्रमाणित जानकारी नआएकोले वडा कार्यालयबाट गरिने काम कारबाहीलाई निरन्तरता दिएको बताए।

झापा अदालतको फैसलामा चित्त नबुझे पुनरावेदन अदालत जान पाउने निर्णय गरेको र सोही निर्णयअनुसार आफू अघि बढिरहेको उनले बताए। जनताको काम कुनै पनि हालतमा नरोक्ने उनको भनाइ छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो