पुलिस क्लब गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको 

आज सातदोबाटो र एपिएफ भिड्दै

 

 

झापा   पाँचौँ संस्करणको झापा गोल्डकपमा आज सातदोबाटो यूथ क्लब र विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबिच हुँदैछ। यता बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको दोस्रो दिनको खेलमा संकटा क्लबले १–० गोल अन्तरले जित निकालेसँगै पुलिस क्लब गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ । यसअघि तेस्रो र चौथो संस्करणको झापा गोल्डकपमा पुलिस क्लबले क्वार्टरफाइनलसम्म यात्रा तय गरेका थिए।

 

संकटा क्लबका उत्तम राईले खेलको ६५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। उनले विदेशी खेलाडी फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गरे। खेलमा राईले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बन्यो।

 

संकटामाथि दबाब कायम राखेको पुलिसलाई संकटाका गोलरक्षक रोहित कार्कीले स्तब्ध बनायो। गोलरक्षक कार्कीकै उत्कृष्ट बचाउका कारण पुलिसले गोल गर्ने अवसर गुमाए। खेलको २४ औँ मिनेटमा पुलिसका सन्तोष हेमरमको पासमा रवि पासवानको हेडर पोस्ट नजिकैबाट बाहिरियो।

 

 

२६ औँ मिनेटमा सौजन राईको फ्रिकिक संकटाका गोलरक्षक कार्कीले विफल तुल्याए। ५० औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले ‘वन भर्सेस वन’मा गोल गर्न नसक्दा अग्रता बनाउन सकेन। ५४ औँ मिनेटमा कप्तान राईले प्रहार गरेको बल आफ्नै खुट्टामा ठोकिएर पोस्ट नजिकैबाट बाहिरियो। त्यस्तै, १६ औँ मिनेटमा संकटाका लक्ष्मण रुचालको फ्रिकिक पुलिसका गोलरक्षक संजित श्रेष्ठले विफल बनाए। २२ औँ मिनेटमा संकटाका उत्तम राईले डिबक्स एरियाबाट गरेको प्रहार देब्रे बार नजिकैबाट बाहिरियो।

 

अब संकटा क्वार्टर फाइनलमा थ्री स्टारसँग भिड्नेछ। खेलको म्यान अफ द म्याच संकटाका फोडे फोफोना घोषित भए। उनले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाए।

 

झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजार रुपैयाँ पाउने छन्। त्यस्तै, मस्ट भ्यालुएबल प्लेयरलाई एउटा मोटरसाइकल प्रदान गरिनेछ।

 

प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउने छन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।